क्रिप्टो कारोबार – विश्वव्यापी चुनौती



कान्तिपुर दैनिक ले लेखेको छ: चीनले गत सेप्टेम्बर २१ मा भर्चुअल मुद्रा (क्रिप्टोकरेन्सी) को प्रयोग, कारोबार, माइनिङजस्ता गतिविधिमा पूर्णरूपमा बन्देज लगायो । विश्वको दोस्रो ठूलो अर्थतन्त्र र समग्र क्रिप्टो माइनिङमा १३ प्रतिशतभन्दा बढी योगदान गरिरहेको चीनले यस्तो निर्णय लिएसँगै विश्वभरका सञ्चार माध्यमहरूले यसलाई निकै महत्त्वका साथ स्थान दिए । चीनको यो कदमले विश्वभर प्रयोग भइरहेका बिटक्वाइनलगायत क्रिप्टोहरूको मूल्यमा भारी गिरावट आयो । किनकि क्रिप्टो उत्पादन र कारोबारका लागि चीन ठूलो बजार थियो । सँगसँगै अरू देशहरूले पनि यसको कानुनी वैधता र नियमनसम्बन्धी प्रश्न उठाए ।

 

हाल चीनका अलावा नेपाल, इजिप्ट, इराक, कतार, ओमन, मोरक्को, अल्जेरिया, बहराइन, बोलिभिया, ट्युनेसिया, बंगलादेशलगायत मुलुकहरूले क्रिप्टोकरेन्सी कारोबारलाई अवैध मानेका छन् । जसका पछाडि यस्ता मुद्रासम्बन्धी कारोबारको नियमन, अनुगमन र लेखाजोखा गर्न सजिलो नहुनुलाई मुख्य आधारका रूपमा लिइएको छ । बोलिभिया, बुरुन्डी, सेन्ट्रल अफ्रिकन रिपब्लिक, जर्जिया, इन्डोनेसिया, जोर्डन, कजाखस्तान, कुवेत, लेबनान, लिबिया, माल्दिभ्स, मोरक्को, ओमन, पाकिस्तान, भारतलगायत मुलुकहरूमा पनि क्रिप्टो कारोबारलाई वैधानिक मान्यता दिइएको छैन ।

 

नेपालको दक्षिण छिमेकी भारतले पनि क्रिप्टोकरेन्सीसम्बन्धी कानुन बनाउने तयारी गरिरहेको छ । ‘फाइनान्सियल टाइम्स’ का अनुसार क्रिप्टोकरेन्सी एक्सचेन्जले अदालतबाट मुद्दा जितेपछि हाल भारतमा यो न त पूर्णरूपमा बन्देज छ, न त वैध नै । भारत सरकारले आफ्नै भर्चुअल मुद्रा बनाउनेबारे पनि रिजर्भ बैंकलाई अध्ययन गर्न भनेको थियो ।

 

 

नागरिक के भन्छन ?

क्रिप्टोमा लगानी का बारेमा योगेन्द्र मिलन छन्त्याल ले सामाजिक सन्जाल मा लेखेका छन्:

Elon Musk ले क्रिप्टोमा लगानी गरेका छन् । न्युयोर्क सिटीका मेयर Eric Adams ले मेयर बनेर पाएको तलबको पहिलो चेकबाट बिटकोइन र इथेरियम किन्ने बताएका छन् । स्पेनको दोश्रो ठूलो बैंक BVBA ले स्वीटजरल्याण्डमा क्रिप्टोकरेन्सीको कारोबार गरिरहेको छ । DBS बैंक सिङ्गापुरले पनि क्रिप्टोकरेन्सीको कारोबार गरिरहेको छ । भारतमा सर्वोच्च अदालतले क्रिप्टो ट्रेडिङका लागि बाटो खुला गरेको छ । संसार क्रिप्टोमय बन्दैछ, Cashless Society तिर अगाडि बढिसकेको छ ।
संसारभरका सबै देश डिजिटल करेन्सी र क्रिप्टोकरेन्सीलाई स्वीकार गर्दै आफ्ना बैंकिङ सुविधालाई परिमार्जन गर्दैछन् । नेपाल राष्ट्र बैंकले पनि डिजिटल करेन्सी प्रयोगमा ल्याउनेबारे अध्ययन गरिरहेको छ । नेपालमै क्रिप्टोकरेन्सी कारोबार गलत हो, अवैध हो भन्ने समाचार पनि लेखिएका छन् ।
त्यही कसैले लेखेको समाचार कपी गरेर शेयर गर्दा आफूलाई बडेमानको ठान्ने मान्छेहरु तपाईं हाम्रै छिमेकमा हुनुहुन्छ, आसपासमा हुनुहुन्छ । प्रविधिको सदुपयोग गर्दै संसारमा आफूलाई Powerful बनाएका यी धनी र स्थापित मान्छे वा देशको कुरा पत्याउने कि ? कि कसैले लेखेको समाचार कपी गरेर शेयर गर्दा आफूलाई बडेमानको ठान्ने मान्छेहरु ठीक हुनुहुन्छ हँ ?

अरु अगाडि दौडिरहेका बेला तपाईं वा म अरु दौडिरहेको दिशाको ठीक पछाडितिर फर्केर दौडियौ भने दौड प्रतियोगितामा दूरी पार गर्न सक्छौ होला र ?