मनाङमा प्रदेश र प्रतीनिधि सभामा गरी प्रत्यक्षतर्फ ९ जनाको उम्मेद्वारी

एमाले जिल्ला कमिटि अध्यक्ष कप्ली गुरुङ भन्छन ; "हाम्रो जित सुनिश्चित छ ।"



हिमाली जिल्ला मनाङमा प्रदेशसभा र प्रतीनिधि सभामा गरी प्रत्यक्षतर्फ ९ जनाको उम्मेद्वारी दर्ता भएको छ ।

 

जिल्लाका एक प्रतिनिधिसभा तथा दुई प्रदेशसभा निर्वाचन क्षेत्रका लागि आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ जना महिला गरी कूल ६ हजार सात सय ७९ मतदाताले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

 

प्रतिनिधिसभामा एमालेका पोल्देन छोपाङ गुरुङ, कांग्रेसका टेकबहादुर गुरुङ र राष्ट्रीय स्वतन्त्र पार्टीका मुखिया गुरुङले उम्मेदवारी दिएका छन ।

 

प्रदेश सभा ‘क’ मा भने एमालेका राजन गुरुङ, गठबन्धनको समर्थनमा माओवादीका कपिल लामा , कांग्रेसका मुनिन्द्र जङ गुरुङ र राप्रपाका मिथेल डेन्डु लामाको उम्मेद्वारी परेको छ ।

 

त्यसैगरी प्रदेश सभा ‘ख’ मा भने एमालेको समर्थनमा राजिव गुरुङ र दोर्जे लामा गुरुङको स्वतन्त्र उम्मेद्वारी परेको छ ।

 

उम्मेद्वारी दर्ता पछी संक्षिप्त प्रतिकृया दिदै नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष कप्ली गुरुङले भने, ” मनाङका जनताले प्रतीनिधि सभा तर्फ विकासप्रेमी नेता पोल्देन छोपाङ गुरुङलाई नै चुन्ने निश्चित रहेको र प्रदेशसभा तर्फ पनि सुर्य चिन्न लिएर लड्न लागेका युवा नेता राजन गुरुङ र एमालेले समर्थन गरेका स्वतन्त्र उम्मेद्वार नै विजयी हुने निश्चित छ ।” उन्ले थप भने, “हामी चुनावी नतिजाको प्रतिक्षामा छौं “।


एमालेकै समर्थनमा उम्मेदवारी – राजीव गुरुङ

सत्ता गठबन्धनको प्रदेश सरकारमा रहेका राजीव गुरुङ (दीपक मनाङे)ले एमाले समर्थनमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन ।

 

उम्मेद्द्वारी दर्ता गर्नु अघी उनले भने ‘मैले गठबन्धन पहिल्यै छोडेको हो । म एमालेकै मान्छे हो । एमालेकै समर्थनमा उम्मेदवारी दिन्छु ।’

 

मनाङेलाई गठबन्धनको पक्षमा ल्याउन गठबन्धन आवद्ददलहरु विषेशत: काङ्रेसले निकै जोडबल गरेको थियो ।

 

अघिल्लो पटक एमालेको समर्थनमा बालक चिन्हबाट चुनाव जितेका मनाङेले भने– यो कांग्रेस माओवादी भन्नु वा गठबन्धन भन्नु यो काम छैन । म एमालेको मान्छे हुँ, एमालेकै मान्छेहरू ठिक छन् क्या । एमालेकै समर्थनमा चुनाव उठ्ने हो । गठबन्धनले पनि भोट दिन्छन् भने त ठिकै छ नि ।

Comments Box