मनाङमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल सुरु



नेपाल सरकारले निषेधाज्ञा सम्वन्धी व्यवस्थाहरु खुकुलो बनाए पछी विश्व प्रसीद्ध अन्नपूर्ण पदमार्गमा पर्ने मनाङ जिल्लामा पर्यटकको आवागमन सुरु भएको छ ।

 

पछिल्लो वर्ष शून्यप्रायः देखिएकोमा , यस वर्ष भने छिटफुट पर्यटक भित्रन थालेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङको धारापानी चेकपोस्ट मा भएको रेकर्ड अनुसार यस वर्ष को मार्चमा ६६, अप्रिलमा ३ सय ६६, मेमा ४८ जना र सेप्टेम्बरको तेस्रो सातासम्म ५५ पर्यटक अन्नपूर्ण पदमार्गमा आएका छन् ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जिल्ला केभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले औपचारिक रूपमा असोज १ देखि पर्यटक आवागमन खुला गरेको बताए ।

 

कस्तो छ तिलिचो ताल जाने बाटो ?

मनाङमा बाढी पहिरो: कस्तो छ तिलिचो ताल जाने बाटो ?

 

मनाङ ङिस्याङ गाउँपालिकाको भ्रताङ देखी खाङ्सार सम्म र चामे गाउँपालिकाको तिमाङ देखी तलेखु सम्म नै मोटर वाटो सुचारु  भईसकेको छ ।

 

मनाङ ङिस्याङ र चामे गाउँपालिका मा मोटरवाटो सुचारु

 

 

वढी-पहिरो पछी मनाङ जिल्लामा अधिकाम्श ठाउँमा बाटो बनीसकेको र बन्न बाकी ठाउँहरुमा समेत छिटो बाटो निर्माण गर्न आफु लागी परेकोले छिट्टै सम्पुर्ण रुपमा बाटो सुचारु हुने आशा गरेको साम्सद गुरुङले बताउनु भयो ।

मनाङ तपाईंलाई स्वागत गर्न आतुर छ – साम्सद पोल्देन छोपाङ गुरुङ