खुलेन तालाबन्दी

दुर्गाथली गाउँपालिकामा रहेको एक प्राविधिक धारको विद्यालयमा पढाइ नभएको भन्दै विद्यार्थीले तालाबन्दी गरेका छन । चौधारी माध्यमिक विद्यालयमा आइएससीएजी अध्ययनरत विद्यार्थीले शिक्षकले पढाइ नगरेको र तत्काल पढाइ सञ्चालन गर्नुपर्ने माग राख्दै विद्यालय बन्द गराएका हुन् । विद्यालयले लामो समयसम्म आइएससीएजीका विद्यार्थीलाई शिक्षकले पढाइमा बेवास्ता गरेको र विद्यालय सञ्चालन भएको डेढ महिना बितिसक्दा पनि पढाइ नभएको […]

सामुदायिक विद्यालयमा दिवा खाजाको व्यवस्था

पर्वतका २८८ सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरु गरिएको छ । विद्यालयमा नै खाजा खान पाएपछि विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्नुका साथै पढाइमा पनि सुधार आउन थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा जिल्लाका सात स्थानीय तहमा रहेका ६१ वडाका २८८ सामुदायिक विद्यालयमा अहिले दिवा खाजा कार्यक्रम शुरु भएको छ । बालबालिकाले दिउँसोको […]

महानगरका २२० विद्यालयमा लैङ्गिक शिक्षक अनिवार्य

१८ चैत्र २०७७: भरतपुर महानगरपालिकाभित्र रहेका २२० विद्यालयमा लैङ्गिक शिक्षक अनिवार्य गरिएको छ । समाज र विद्यालयमा लैङ्गिक हिंसाका घटना बढ्न थालेपछि यसको अन्त्यका लागि लैङ्गिक शिक्षक राखिएको भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिनुभयो ।   महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालय १२३ र संस्थागत विद्यालय ९७ वटामा नै लैङ्गिक शिक्षक राख्नका लागि […]

देशभरका शैक्षिक संस्था बन्द हुँदा नाम्खामा नियमित पठनपाठन

बाक्लो तुँवालोका कारण देशभरका शिक्षण संस्था मङ्गलबारदेखि बन्द रहे पनि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाभरिका विद्यालयमा भने नियमित पठनपाठन जारी छ । तुँवालो प्रदूषणको खासै प्रभाव नपरेको भन्दै गाउँपालिकाले नै विद्यालयले सञ्चालनमा राख्ने जनाएको हो । तुँवालोको प्रभाव खासै नदेखिएपछि पठनपाठन जारी राख्ने निर्णयमा गाउँपालिका पुगेको गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर लामाले बताउनुभयो । प्रदूषणको प्रभाव नभएपछि विद्यालय […]

भूकम्पपछि १०६ वटा सामुदायिक विद्यालय भवन पुनः निर्माण

महाभूकम्पपछि खोटाङमा १०६ वटा सामुदायिक विद्यालय भवन पुनः निर्माणको काम सम्पन्न गरिएको छ । विसं २०७२ सालको भूकम्प र पराकम्पपछि क्षति पुगेका १६१ वटा सामुदायिक विद्यालय भवनमध्ये विभिन्न आर्थिक वर्षमा अपाङ्गमैत्री र महिलामैत्री विद्यालय भवनहरु निर्माण सम्पन्न गरिएको हो । भूकम्पपछि अस्थायीरूपमा स्थापना भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) शाखाले ९२ वटा र गैरसरकारी संस्थाले […]

भीमाद नपाले मानेन संघिय सरकारको स्कुल बन्द गर्ने निर्णय 

दमौली, १६ चैत (रासस): वायु प्रदूषणका कारण सरकारले मङ्गलबारदेखि चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरे पनि तनहुँको भीमाद नगरपालिकाले भने शिक्षण संस्था नियमित सञ्चालन गर्नेभएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज विज्ञप्ति प्रकाशित गरी मङ्गलबारदेखि चार दिनसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको जनाएको थियो। त्यसको केही समयमै भीमाद नगरपालिकाको शिक्षा, युवा […]

बिरामी पर्न थाले विद्यार्थी

बाजुराको बूढीगङ्गा नगरपालिका–१ डुङ्ग्रीमा पर्ने धुरालसैन माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थी लगातार चार दिनदेखि भाइरल रोगका कारण बिरामी पर्न थालेपछि विद्यालय नै बन्द हुने अवस्थामा पुगेको छ । विद्यालयमा अध्ययनरत छात्रछात्रा विद्यालय आएपछि धमाधम बिरामी पर्दै घर जान थालेपछि धुरालसैन माध्यमिक विद्यालयनै बन्द गर्नुपर्ने अवस्था आएको विद्यालयका प्रधानाध्यापक महासिं थापाले बताउनुभयो । उक्त विद्यालयमा […]

छोरीहरू ५ कक्षामाथि पढ्नै मुस्किल

कैलालीमा मुस्लिम समुदायका छोरीहरुले ५ कक्षामाथि पढ्नै मुस्किल रहेको पाइएको छ । छोरी ठूली भएमा अभिभावकले विद्यालय पठाउन आनाकानी गर्दा छोरीहरूको शिक्षा आर्जनमा बाधा पुगेको छ । जानकी गाउँपालिका–५ पथरैयामा मुस्लिम समुदायको बसोबास छ । पथरैयामा मुस्लिम समुदाय विगत ८० वर्षदेखि बसिरहेका छन् । बस्तीकै बीचमा विसं २०४८ मा स्थापना भएको बाल विद्या मन्दिर आधारभूत […]

अभिभावकविहीन पाँच बालबालिकाको बिचल्ली

पर्वतको जलजला गाउँपालिका–२ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा परेका छन् । स्थानीय गौराटोलमा अवस्थित समाज कल्याण आधारभूत विद्यालयमा पढ्ने चार बालिका र एक बालक आफन्तविहीन बनेका हुन् । विद्यालयको कक्षा १ मा पढ्ने आशा परियारकी आमाले दोस्रो विवाह गरेपछि घरमा बुवाले अर्की आमा ल्याएसँगै उनले उचित हेरचाह र पढ्ने वातावरण पाइनन् । आमाले साथ छाडेपछि […]

खुला चौरमा पठनपाठन

हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाका विद्यार्थी खुला चौरमा पठनपाठन गर्न बाध्य भएका छन् । गत वर्ष बर्खाको समयमा बाढीपहिरो आउँदा विद्यालयको भवन भत्किएपछि कक्षा कोठा मर्मत हुन नसक्दा यहाँका विद्यार्थी चौरमा अध्ययन गर्न बाध्य भएका छन् । लामो समयको कोरोना कहरपछि पठनपाठन शुरु भए पनि विद्यालयमा विद्यार्थी खुला चौरमा अध्ययन गर्दै आएका छन् । […]