श्रावण सक्रांतीको दिनमा मनाइने लुतो फाल्ने पर्व



तारकेश्वर नगरपालिका ५ नं. वडा मुड्खुका बैज्य नाथ आचार्यका अनुसार सनातन हिन्दु धर्मालम्वीहरुको विभिन्न चाडपर्वहरू मध्ये श्रावण सक्रांतीको दिनमा मनाइने लुतो फाल्ने पर्व पनि एक हो । जुन पर्व साँझमा तारा देखिए पछि वा घाम अस्थायको आधा घण्टा पछि गर्ने गरिन्छ ।

 

 

   हिन्दु ग्रन्थका अनुसार यस पर्वमा कण्डारक देवताको रूपमा दर्शन ढुङ्गाको ७ वटा शिलामय मूर्तिहरु राखी दियो कलश गणेशको स्थापना गरी पूजाआज गरिने तारकेश्वर नगरपालिका ५ नं. वडा मुड्खुका स्थानीय बैज्यनाथ आचार्यले बताउनु भयो । त्यसै गरी मासको बारा, मालपुवा बनाई नैबेदको रुपमा चढाइने गरिन्छ ।
 यस पर्वलाई लुतो फाल्ने समेत भनिने हुँदा यसका विभिन्न विधिविधनहरु समेत रहेको उहाँ बताउनु हुन्छ । सर्वप्रथम लुतोको सर्दाम जम्मा गर्ने गरिन्छ, जसमा कुकुरदाईनो, धासिंङ्घरे, उनियो, हाडेउनियाे, पहाडे उनियाे, पानी अमला र यस बेला पाइने फलफूलहरू आरु, नास्पाती, स्याउपाती अर्थात हरियो नास्पाती, अनार जस्ता फलफूल फलेका हाँगा सहित राखिने र हरियो मकैको घोका सहितको बोट राखि र पूजाआजा गरी यी फलफूलहरू आजबाट खान शुरू समेत गरिने आचार्यले बनाउनु भयो ।
पूजाका लागि देविसरो, पानीसरो, लुट्टेसरो र कुरिलो आवश्यक भए पनि कतिपय चीजहरू हराउँदै गएको आचार्यले बताउनु भयो ।
यसो गर्नाको प्रमुख कारण बर्खामा हिलोमा धान रोपाइँ गरिने र हिलो धुलोले शरीरमा घाउ खटिरा, लुतो जस्ता चिलाउने रोगव्याधी नआवस् भन्नु नै रहेको पनि आचार्यले भन्नु भयो । यसमा विशेष गरी सल्लाको दाउराको ७ वटा दियालो बनाउने र ७ दिशा तिर फाल्ने गरिन्छ । यसरी दियालो फाल्दा नाङ्लो ठटाउने र फली सकेपछि ढोका थुनेर केही समय घर भित्रै बस्ने गरिन्छ ।
     आचार्यका अनुसार पहिले पहिले गाउँका हरेक घरमा लुतो फाल्ने पर्व मनाउने गरेको र अहिले भने एकाघरले मात्र फाल्ने गरेको बताउनु भयो ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
Comments Box