याक गोठ र आलु समुद्री सतहदेखि चार हजार २०० मिटर उचाइमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ याङमा क्षेत्रमा याक गोठालो बस्ने गोठ । समुद्री सतहदेखि चार हजार २०० मिटर उचाइमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७, याङमाका किसानले भर्खरै बारीमा रोपेको आलु । यहाँको मुख्य बाली आलु किसानले असारमा रोपेर कात्तिकमा खन्ने […]
मनाङमा सबैभन्दा थोरै म्यादी प्रहरी; अरु कुन-कुन जिल्लामा कती ?
प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि देशभर म्यादी प्रहरी परिचालन गरिएको छ । देशभर १ लाख १५ हजार म्यादी प्रहरीलाई तालिम दिएर निर्वाचन सुरक्षामा परिचालन गरिएको प्रहरीले जनाएको छ । म्यादी प्रहरीले असोज ३० बाट नियुक्तिपत्र लिएका हुन् । सुरक्षासम्बन्धी करिब एक साताको तामिल पुरा गरेका म्यादी प्रहरीहरु ४० कार्यदिन निर्वाचन सुरक्षामा […]
तीन कम्युनिष्ट पार्टीले चुनावविरूद्ध आन्दोलन घोषणा गर्ने
नेत्रविक्रम चन्द विप्लव महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टीसहित तीन वटा कम्युनिष्ट पार्टीले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव बहिष्कार गर्ने भएका छन्। तीन कम्युनिष्ट पार्टीहरुको हिजो बसेको बैठकले चुनावविरूद्ध आन्दोलन घोषणा गर्ने निर्णय गरेको हो । शनिबार पत्रकार सम्मेलन गरेर चुनाव खारेजीको आव्हानसहित संयुक्त संघर्षका कार्यक्रम घोषणा गरिने विप्लव नेकपाका […]
चुनावको मुखमा फेरिएको शेखरको बोली
केन्द्रीय समिति बैठकमा गठबन्धन गरेर जान नहुने भन्दै कांग्रेस एक्लैले निर्वाचन लड्नु पर्ने तर्क गरेका नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइरालाले चुनावको मुखमा भने संविधानको रक्षा गर्न निर्वाचनमा गठबन्धनले जित्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ निर्वाचन क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शेखर कोइरालाले विराटनगर […]
दलका घोषणापत्रका संकल्प – कागजी कि व्यवाहारिक ?
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा राजनीतिक दलले चुनावी घोषणापत्रमार्फत आफ्ना धारणा सार्वजनिक गरेका छन् । नेपाली कांग्रेसले घोषणापत्र जारी गर्दै संविधानको रक्षा गर्दै प्रतिनिधिसभा विघटन नगर्ने प्रतिज्ञा गरेको छ । कांग्रेसले सामाजिक सुरक्षा र राजनीति सुधारका महत्वकांक्षी कार्यक्रम सार्वजनिक गरेको छ । ५ वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा गर्ने र गम्भीर प्रकृतिका […]
एक करोड थान मतपत्र छाप्न बाँकी
१४ कात्तिक, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आवश्यक पर्नेमध्ये अब एक करोड थान मतपत्र मात्रै छपाइ हुन बाँकी छ । दुवै प्रणालीतर्फ गरी करिब आठ करोड मतपत्र आवश्यक पर्नेमा आजसम्म करिब सात करोड मतपत्र छपाइ भइसकेको निर्वाचन आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि […]
माओवादीले आज प्रतिबद्धतापत्र सार्वजनिक गर्ने, यस्ता छन् विशेषता
सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नेलगायतका विषय समावेश गरिएको प्रतिबद्धतापत्र आज सार्वजनिक गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारी गरिएको प्रतिबद्धता तयारी कार्यदलका सदस्य मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । संविधानसभाबाट जारी भएको […]
कांग्रेस महामन्त्री थापालाई पुनः स्पष्टीकरण माग
कात्तिक ११ गते । निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्यका काठमाडौं क्षेत्र नं.४ का उम्मेदवार गगनकुमार थापालाई पुनः स्पष्टीकरण सोधेको छ । आयोगद्वारा मिति २०७९ कात्तिक ८ गते डेंगीविरुद्ध अभियान किन चलाएको भनी सोधिएको स्पष्टीकरणमा अझै पनि त्यस्तो अभियान चलाउने भन्ने वक्तव्य दिएको श्रव्य दृश्य सामग्री आयोगमा प्राप्त भएकाले पुनः स्पष्टीकरण सोधिएको […]
विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारको विकल्प छैन : गुरुङ
लमजुङ – माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले लमजुङको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारको विकल्प नरहेको बताएका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन लक्षित अभियानको क्रममा सुन्दरबजार नगरपालिका-२ सुन्दर बस्तीमा आयोजित गठबन्धन दलको कार्यकर्ता भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्। उनले जनताको विकास र समृद्धि […]
स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक दल थिए अब कती ?
आगामी मङ्सिर ४ गने हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा ८६ दल दर्ता भए पनि ५७ दलले मात्र प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभातर्फ ५७ दलले उम्मेदवारी दिएको आयोगले जनाएको छ । प्रदेशसभातर्फ भने प्रत्येक प्रदेशमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने दलको सङ्ख्या फरक छ । प्रदेश एकमा ३०, मधेशमा ३७, […]