नेपाल नगरपालिका संघले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पाँच विधामा उत्कृष्ट सात नगरपालिकालाई पुरस्कार प्रदान गरेको छ । नगरपालिका संघको आफ्नो २९औं साधारणसभाका अवसरमा ती नगरपालिकालाई पुरस्कृत गरेको हो । पुरस्कृत भएका नगरपालिकाका प्रतिनिधिलाई प्रधानमन्त्री देउवाले पुरस्कार प्रदान गरेका थिए । संस्थागत विकास सेवा प्रवाह र वित्तिय सुशासन विधामा दुई नगरपालिकालाई उत्कृष्ट ठहर […]
दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना; २४२१ कित्ता जग्गा अधिग्रहण प्रकृया सुरु
ओखलढुंगा र खोटाङको सिमानामा पर्ने रभुँवाघाटमा निर्माण गर्न लागिएको ६६५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि २४२१ कित्ता जग्गा प्राप्तिको प्रकृया सुरु भएको छ । आयोजना प्रभावित क्षेत्र चिसंखुगढी गाउँपालिकाका पाँच वडाका २४२१ कित्ता जग्गा, घर, गोठ, टहरा र रुखबिरुवासमेत स्थायी रुपमा प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले आज सूचना जारी गरेको हो । वडानम्बर […]
फेवाताल संरक्षित जलाधार क्षेत्र एकीकृत कार्ययोजना बनाइने
पोखरा, २६ माघ (रासस)ः सङ्घीय सरकारले मङ्गलबार घोषणा गरेको फेवाताल संरक्षित जलाधार क्षेत्रमा पोखरा महानगरपालिकाका ६, २२, १७, १८, २२, २३ र २४ तथा अन्नपूर्ण गाउँपालिका १,२,३,४ वडा पर्ने भएका छन् । रामसार सूचीमा सूचीकृत १२३ वर्ग किलोमिटर क्षेत्रफलको सो क्षेत्रलाई मन्त्रिपरिषद्को निर्णयबाट संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने निर्णय भएको हो । संरक्षित […]
सामुदायिक वनमा कर वृद्धिले उपभोक्तामा असन्तोष
रामपुर, २५ माघ (रासस) ः ‘हरियो वन, नेपालको धन’ भन्ने आहान व्यवहारमा सार्थक हुन नसकेको चासो र चर्चा बढिरहेका अहिलेका अवस्थामा वनको उपयोग र संरक्षण गर्ने उपभोक्ता र सरकारबीच द्वन्द्व बढ्दै गएको छ । सरकार वनमा करको दायरा बढाउँदै छ भने त्यसको विरोधमा उपभोक्ता उत्रिएका छन् । वन ऐन २०४९ तथा वन नियमावली […]
गौरीशंकर संरक्षण क्षेत्र र तामाकोशी विच टकराव – रोल्वालिङ आयोजना अनिश्चित
सरकारले निर्माण गरिरहेको २२ मेगावाटको रोल्वालिङ जलविद्युत् आयोजनालाई सरकारकै अर्को निकाय गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले रोक लगाएपछि आयोजना र संरक्षण क्षेत्रबीच द्वन्द्व बढेको हो । काम थालेको एक वर्षपछि गौरीशंकर संरक्षण क्षेत्रले अचानक माथिल्लो तामाकोसी आयोजनाको रोल्वालिङ खोला जलविद्युतको काममा रोक लगाएको छ । संरक्षण क्षेत्रले तामाकोसीलाई पत्र लेखेर आयोजनाको काम रोक्न निर्देशन दिएको छ । […]
पग्लँदै हिमाली बस्ती ; हिमालपारिका जिल्लामा जलवायु परिवर्तनद्वारा सिर्जित प्रकोप
(रासस) ९ भाद्र २०७८ : २०७८ असार महिनाअघि हिमालपारिको जिल्ला मुस्ताङको नीलगिरि हिमाल आसपासको बस्तीमा भीषण वर्षा भयो । नीलगिरि हिमालका फेदीका बस्तीहरू लुप्रा, मार्फा, जोमसोम, छैरु, ठिनी, स्याङलगायतका गाउँमा वर्षाले ठूलै असर ग¥यो । सामान्यतः पानी नै नपर्ने र परिहाले पनि अत्यन्त कम पर्ने ती बस्तीमा एकाएक ओइरिएको पानीले परम्परागत रुपमा निर्मित […]
ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड
नेपाल राष्ट्र बैंकले हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) लाई बैंक तथा वित्तीय संस्थाको मान्यता दिएको छ । केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार यही माघ ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले वित्तीय संस्थाको मान्यता दिएको हो । बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ (संशोधनसहित) को दफा ३ […]
जनसंख्या घट्दै गएको हिमाली क्षेत्रको यथार्थता र सम्भावनाहरू
नेपालको भूगोलमा हिमाली क्षेत्रको भाग १५% छ। नेपालको हिमाली क्षेत्रमा २० वटा जिल्ला र ५७ स्थानीय निकाय छन्। नेपालको जनसंख्याको करीव ६% जनसंख्या हिमाली क्षेत्रमा रहेको छ। तर यो संख्यामा क्रमशः ह्रास हुदै गई रहेको पाईन्छ। यसको उत्तर दक्षिण फैलाबट २५ देखि ३० कि.मी. चौडा र पूर्व पश्चिम लमाई ८८५ कि.मी. रहेको छ। नेपालका हरेक […]
दिगो विकास लक्ष्यलाई उच्च प्राथमिकता दिन निर्देशन
१३ भदौ (रासस) : राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले दिगो विकास लक्ष्यसँग सम्बन्धित सूचकलाई उच्च प्राथमिकता दिई कार्य गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकपछि सभापति तारादेवी भट्टले विषयगत मन्त्रालयले दिगो विकास लक्ष्यबारे गरेको प्रगति, चुनौती तथा समाधानका उपायबारे छलफल र अनुगमन गर्नुपर्ने जरुरी रहेको जनाउँदै समितिले दिएका निर्देशनको अनुगमन गरिने जानकारी […]
माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको निर्माण शुरु
२ भदौ (रासस) : रसुवामा आयोजनास्थल रहेको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली एक जलविद्युत् आयोजनाको भौतिक निर्माणको काम शुरु भएको छ । भूमिगत विद्युत्गृह जान प्रयोग हुने ‘भेन्टिलेसन टनेल’ को काम शुरु गरिएसँगै आयोजनाको निर्माण शुरु भएको हो । कूल २४६ मिटर भेन्टिलेसन टनेल निर्माणका लागि चट्टान फोर्न कामका लागि मङ्गलबार पहिलो विष्फोट गराइएको […]