लमजुङ । समुद्री सतहबाट एक हजार सात सय ७४ मिटर उचाइमा रहेको रमणीय राइनासकोटमा लालिगुराँसले पर्यटकलाई आकर्षित गर्न थालिएको छ । लमजुङको राइनास नगरपालिका–९ स्थित राइनासकोटमा आन्तरिक पर्यटकलाई लालिगुराँसले आकर्षित गर्न थालिएको हो । समयअगावै फुलेका लालिगुराँसले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको राइनास नगरपालिका प्रमुख एवं राइनासकोट होमस्टे व्यवस्थापन समितिका अध्यक्ष […]
मनाङको तापक्रम माइनस २२ डिग्री सेल्सियस
हिमाली जिल्ला मनाङको तापक्रम दैनिक रूपमा घट्दै गएको छ। माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ। दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ। हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ। प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङमा माघ लागेसँगै तापक्रम घट्दै गएको हो। हिमपात कम भए पनि यहाँको तापक्रम मापन […]
४० प्रतिशत हिउँ लोप हुने खतरा ! – ‘हिन्दकुश हिमालय क्षेत्रको पानी, हिउँ, समाज र पारिस्थिकीय प्रणाली’ अध्ययन
एक अध्ययनका अनुसार पृथ्वीको सरदर तापमान एक दशमलव पाँचदेखि दुई डिग्री सेन्टिग्रेड बढेको अवस्थामा हिन्दकुश हिमालय क्षेत्रको ३० देखि ४० प्रतिशत हिउँ लोप हुने खतरा रहेको देखिन्छ। नेपालसहित आठ राष्ट्र सदस्य रहेको अन्तर–सरकारी निकाय अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले मंगलबार सार्वजनिक गरेको एक अध्ययनअनुसार विश्वको सरदर तापमानमा भएको बढोत्तरीका कारण पछिल्ला वर्षमा हिमनदी, […]
नेपाल जलवायु परिवर्तन सिर्जित प्रकोपहरुको हटस्पट बन्दै; हिमाली बस्तिका बासिन्दा जलवायु शरणार्थी हुने जोखिम !
२०७८ सालमा आएको अविरल वर्षा पछी मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको नासों गाउँपालिका वडा नं १ को ‘सिरान ताल’ भनेर चिनिने गाउँ नै बगायो । गाउँ नै बगाएपछि सिरान तालमा थात थलो रहेको डोल माया गुरुङको परिवार सोही वडाको ताल गाउँमा रहेको सार्वजनिक जग्गामा बनेको घरमा आएर बसेको छ । डोलमायाको परिवार जस्तै अरु ७ […]
विश्व सिमसार दिवस; आजको आवश्यकता : सिमसारको पुनर्स्थापना
काठमाडौँ, १९ माघ (रासस) : हरेक वर्ष फेब्रुअरी २ मा मनाइने ‘विश्व सिमसार दिवस’ नेपालमा यस वर्ष नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘आजको आवश्यकता : सिमसारको पुनर्स्थापना’ भन्ने नाराका साथ नेपालमा पनि सिमसार दिवस मनाइँदैछ । सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । जैविक विविधताको दृष्टिले महत्वपूर्ण […]
यो वर्ष माघ महिनासम्म पनि ठूलो हिमपात भएन
हिमाली जिल्ला हुम्ला सिमकोट क्षेत्रमा यो वर्षकै पहिलो हिमपात भएको छ । बिहीबार मध्याह्नदेखि मौसममा बदली भइ रातिदेखि सिमकोट, बरगाउँ, बुराउसे, डाँडाफया लगायतका बस्तीहरुमा भारी हिमपात भएको छ । गत वर्षहरुमा पुस लाग्दा बित्तिकै धेरै पटक हिमपात हुने हुम्लामा यो पटक भने माघ पहिलो सातामा हिमपात भएको हो । हिमाली जिल्ला हुम्लामा यो वर्षकै पहिलो हिमपात भएको […]
नेपालको मात्र नभई विश्व आर्थिक वृद्धिदरमा समेत सङ्कुचन आउने
नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२/०२३ मा पाँच दशमलव एक र २०२३/०२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ। विश्व बैंकले मङ्गलबार ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो। विश्व बैंकको अघिल्लो प्रक्षेपणको तुलनामा नयाँ प्रक्षेपणले नेपालको मात्र नभई विश्व आर्थिक वृद्धिदरमा समेत सङ्कुचन आउने देखाएको […]
हिउँ नपर्दा मनाङ-मुस्ताङका कृषक चिन्तित
हिउँदयामको अनुकुल मौसममा हिउँ नपर्दा हिमाली जिल्ला मनाङ मुस्ताङका कृषक चिन्तित देखिएका छन्। यसपटक पुसको आधा महिना बितिसक्दा समेत हिउँ परेको छैन। यो समय हिमाली जिल्लामा हिउँ पर्ने उपयुक्त र अनुकुल समय हो। मनाङमा गतवर्ष असोज तेस्रो सातामा नै हिमपात भएको थियो । यति छिटै हिउँ विरलै पर्ने गर्छ । प्रायः यहाँ मंसिर अन्तिमदेखि मात्र हिमपात सुरु […]
बूढीगण्डकीमा ८१ मेगावाट क्षमताको जलविद्युत आयोजना; वातावरणीय प्रतिवेदनका लागि सुझाव माग
गोरखाको बूढीगण्डकी नदीमा ८१ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिने भएको छ। उत्तरी गोरखामा पर्ने चुमनुब्री गाउँपालिकामा आयोजना निर्माणका लागि वातावरण अध्ययन प्रतिवेदन तयारी भइरहेको छ। आयोजनाले चुमनुब्री गाउँपालिका वडा नम्बर ४ गाप नजिक ९ मिटर अग्लो बाँध बनाउनेछ। त्यहाँबाट पानीलाई सङ्लो बनाएर चार हजार तीन सय ६५ मिटर लामो सुरूङमार्फत पानी चुमनुब्रीको […]
हिउँदमा तापक्रम सरदर भन्दा बढी हुने, वर्षा कम हुने
यस वर्षको हिउँदमा देशभर अधिकतम् तापक्रम सरदर भन्दा बढी हुने र देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना छ । सामान्यतया सरदर वर्षा/सरदर तापक्रम भन्नाले कुनै पनि स्थानको लामो समय (१९९१ देखि २०२०) को ३३.३ देखि ६६.६ प्रतिशतको वर्षा/तापक्रमलाई जनाउँदछ । यसैगरी सरदर भन्दा कम वर्षा/तापक्रम भन्नाले क्रमशः ३३.३ प्रतिशत भन्दा कम […]