काठमाडौं, — नेपालको अग्रणी प्रिमियम टायल ब्रान्ड कजारिया टायल्सले आफ्नो सफल राष्ट्रव्यापी उपभोक्ता योजना “कजारिया संगै गृह प्रवेश, घुमौं देश विदेश!” को बम्पर पुरस्कार विजेताको घोषणा फेसबुक लाइभमार्फत गरेको छ।
करिब दुई महिनासम्म सञ्चालनमा रहेको यस योजनामा कजारिया टायल्सका ग्राहकहरूलाई रोमाञ्चक पुरस्कार जित्ने अवसर प्रदान गरिएको थियो। १००० वर्गफुट वा सोभन्दा बढी टायल खरिद गर्ने ग्राहकहरू दैनिक लक्की ड्रका लागि योग्य ठहरिएका थिए, जसमा ४८ जनालाई स्मार्टवाच प्रदान गरियो।
लामो प्रतीक्षापछि घोषणा गरिएको योजनाको सबैभन्दा आकर्षक बम्पर पुरस्कार, एक जोडीका लागि पूर्ण प्रायोजित सिङ्गापुर क्रुज यात्रा जित्ने भाग्यशाली विजेता चितवनकी योजना गुरुङ बन्नुभएको छ। उहाँले उपहार मार्बल पसल, चितवनमार्फत कजारिया टाइल्स खरिद गर्नुभएको थियो।
फेसबुक लाइभमार्फत गरिएको यो घोषणा कार्यक्रममा कजारिया रमेश टायल्स लि.का निर्देशक तथा प्रमुख सञ्चालन अधिकृतका साथै ब्रान्ड एम्बासडर, प्रसिद्ध अभिनेत्री श्री दिव्या रायमाझीको उपस्थिति थियो। ब्रान्डले ग्राहकहरूको माया र विश्वासप्रति आभार व्यक्त गर्दै उत्कृष्ट गुणस्तर र ग्राहक सन्तुष्टि प्रदान गर्ने आफ्नो प्रतिबद्धता दोहोऱ्याएको छ।
