दुबईमा गुन्जियो डि–मर्चा

पोखरा । पोखरेली चर्चित ब्यान्ड डि–मर्चाले दुबईमा धमाका मच्चाएको छ । दुबईस्थित क्लब एसके सेभेनमा शनिबार आयोजित कार्यक्रममा गुञ्जिएको डि–मर्चाले ऐतिहासिक दर्शकमाझ धमाका मच्चाएको हो । सो क्लव दुबईस्थित कनकोर्डी क्रिक भ्यु होटल होटलको एम भ्युफ्लोरमा आयोजित कार्यक्रममा यसअघिका कार्यक्रम भन्दा बढी दर्शक आउँदा रौनकता नै छुट्टै भएको थियो । जहाँ डि–मर्चाले आफ्ना दर्जनभन्दा बढी […]

गुरुङ सम्पदा पदमार्ग खोज्दै पर्यटन व्यवसायी

गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटिन) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड, क्व्होलाँसोथार गाउँपालिका, मर्स्याङदी गाउँपालिकाको आर्थिक सहयोगमा पोखराबाट लमजुङको सिङ्दीहुँदै दुधपोखरीलगायतका स्थानलाई समेट्दै गरिएको खोज तथा अन्वेषणात्मक पदयात्रा सम्पन्न भएको छ। गुरुङ सम्पदा पदमार्गका रूपमा परम्परागत भेडीगोठसँगै प्राचीन नुन बोक्ने मार्गलाई पदयात्रा पर्यटनसँग जोड्ने लक्ष्यका साथ यही जेठ २३ गतेदेखि असार १ गतेसम्म विभिन्न […]

मनाइयो काग तिहार

काठमाडौँ । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई पूजा गरी मीठामीठा खान दिएर मनाइएको छ । काग तिहार पर्वदेखि हिन्दू धर्मावलम्बीको दोस्रो चाड यमपञ्चक (तिहार) सुरु हुने भए पनि यसवर्ष तिथिको घटबढका कारण मङ्गलबारदेखि नै यमपञ्चक आरम्भ भएको हो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकासम्म […]

‘जहाँ पुगौँला, त्यहीँ चाड मनाउँला…’

गण्डकी । पोखराका पथप्रदर्शक दिवस गुरुङ दसैँका दिन मनाङको विकट गाउँ नार्फु पुगेका थिए।     देशभर दसैँको उल्लास छाइरहँदा उनी भने इटालीका ग्याब्रियल र क्यारालाई साथमा लिएर अन्नपूर्ण क्षेत्रको पदयात्रामा निस्किएका थिए । मनाङ सदरमुकाम चामे, नार्फु हुँदै, थोरङ भञ्ज्याङ काटेर मुस्ताङको मुक्तिनाथ पुग्ने योजनामा रहेको उक्त टोली अहिले पनि पदयात्राकै क्रममा छ । […]

नेपालबाट बंगलादेशमा विद्युत निर्यात गर्न त्रिपक्षीय सम्झौता, ४० मेगावाट निर्यात हुने

काठमाडाैं । नेपालबाट बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात गर्ने सम्झौतामा हस्ताक्षर भएकाे छ ।   बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षीय विद्युत विक्री सम्झौता भएको हो ।   सम्झौतामा नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) का अध्यक्ष मोहम्मद रेजुल करिम र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) […]

राष्ट्रपति भवनमा घटस्थापना गरियो

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले  बडादसैँका अवसरमा वैदिक विधिपूर्वक दुर्गादेवीको पूजाअर्चनाका साथ राष्ट्रपति भवनमा घटस्थापना गरेका छन् ।     दुर्गापक्षको पहिलो दिन आज राष्ट्रपतिले देशको प्रतिनिधित्व गर्दै शक्तिकी अधिष्ठात्री देवी दुर्गाको पूजा, आराधनाका साथ विधिपूर्वक घटस्थापना गरेर जमरा राख्ने परम्परा छ । सोही परम्परालाई निरन्तरता दिँदै उनले घटस्थापना गरेर जमरा राखेका हुन् । आज […]

बागलुङ कालिकामा दर्शनार्थीको भीड

बागलुङ । दसैँको पहिलो दिन  घटस्थापनाका अवसरमा आज बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रसिद्ध शक्तिपीठ भएकाले दसैँ र चैतेदसैँमा यहाँ भक्तजन धेरै आउने गर्छन् । चितवन, बुटवल, स्याङ्जा, पोखरा र अन्य छिमेकी जिल्लाका भक्तजन यहाँ आउने गरेको कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काले बताए ।     सोह्र श्राद्धमा मुक्तिनाथ गएका […]

देवघाटमा भक्तजनको भीड – भिडियो

नारायणगढ, २८ साउनः साउनको अन्तिम सोमबार आज देवघाटधाममा स्नान तथा पूजा र शिवको आराधना एवं जल चढाउन आएका भक्तजन । साउन महिनाभरी ब्रत बसेका भक्तजनहरु अन्तिम सोमबार यहाँ आई पूजा आराधना र दान दक्षिणा गरी विधिपूर्वक व्रत समापन गर्ने गर्दछन् ।

थारू समुदायले मनाए गुरही पर्व

काठमाडौँ । काठमाडौँ उपत्यकामा बस्ने थारू समुदायले शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा गुरही/गुरिया पर्व मनाएका छन् । अग्रासन महिला समूहलगायत विभिन्न दुई दर्जन थारू सङ्घसंस्थाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि थारू आयोगका अध्यक्ष विष्णु चौधरीले शुभकामना दिए ।   उनले भने, “विगत केही वर्षयता थारू महिलाहरु सङ्गठित हुँदै गएकामा खुसी लागेको छ । महिलाहरुले यसलाई पर्व […]

कथावाचिका देवी प्रतिभाको प्रवचन समय दुई दिनका लागि थपियो

काठमाडौं । अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले थप दुई दिन पशुपति कोटिहोम महायज्ञमा बसेर कथा प्रवचन गर्ने हुनुभएकाे छ । शनिबार नै भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न आएकी देवीप्रतिभा सोमबारसम्म नेपालमै बस्ने हुनुभएकाे हाे ।   उहाँले भोलिदेखि भारतमा हुने प्रवचन केही समयलाई पर सारेर थप दुई दिन पशुपति कोटिहोममा प्रवचन दिन लाग्नुभएकाे हाे ।  आयोजक मानव सेवा फाउण्डेसनका […]