पहिरोका कारण बेसीशहर मनाङ सडक अवरुद्ध, यात्रुहरूलाई सर्तक रहन आग्रह

असार ४, लमजुङ बेसीशहर–मनाङ सडक खण्ड अन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्थित बुङझरना नजिकै आज बिहान पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। सडक माथिबाट अचानक खसेको पहिरोले सवारी आवागमन ठप्प बनाएको हो। घटनापछि तत्कालै प्रहरी टोली घटनास्थलमा खटिएको छ भने सडक खुलाउन सडक आयोजना तथा स्थानीय निकायसँग समन्वय गरेर काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको […]

‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’   

काठमाडौं । काठमाडौँ उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको वायु बर्खायाममा बाहेक अन्य समयमा अधिक प्रदूषित हुने गरेको जनाउँदै नेपालको विकासका साझेदारहरूले स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । सरकार, विश्व बैंक, कोरिया र स्वीस सरकारको सहयोगमा यहाँस्थित विश्व बैंकको देशीय कार्यायलयले मङ्गलबार राजधानीमा सार्वजनिक गरेको ‘नेपालमा स्वच्छ वायुः लाभ, […]

ढुम्बा तालमा जमेको बरफ

मुस्ताङ, २१ पुसः चिसोका कारण हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५ सम्ले गाउँमा रहेको ढुम्बा तालमा जमेको बरफ । उक्त ताल पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्रविन्दु बनेको छ । तस्बिरः सुशीलबाबु थकाली/रासस

बैसरीको भिरमा पहिरो रोकथाम गर्न ‘रक एंकरिङ’

म्याग्दी, १० साउन  । राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक दैनिकजसो अव?द्ध बनाउने म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोलाको पहिरो रोकथामको काम थालिएको छ ।   म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तरगत बैसरीको सडकमा खस्ने पहिरो पन्छाएर थप खस्न नदिन ‘रक एंकरिङ’ प्रविधि प्रयोग गरेर रोकथामको […]

जलवायु परिवर्तनका कारण आउन सक्ने बाढी नयाँ चुनौती

म्याग्दी (बेनी), फागुन १९ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा बर्सात भई नदीनालामा आउन सक्ने बाढीको सम्भावना नयाँ चुनौतीका रूपमा देखिएको बताउनुभएको छ । यस्ता घटनाले हिमाली खोलाका किनारमा रहेका बजारहरूलाई भविष्यमा थप जोखिमयुक्त बनाउने सम्भावना रहेको बताउँदै उहाँले विपत् न्यूनीकरणका लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।     सशस्त्र […]

राइनासकोटमा लालिगुराँसले आकर्षित गर्दै पर्यटक

लमजुङ । समुद्री सतहबाट एक हजार सात सय ७४ मिटर उचाइमा रहेको रमणीय राइनासकोटमा लालिगुराँसले पर्यटकलाई आकर्षित गर्न थालिएको छ । लमजुङको राइनास नगरपालिका–९ स्थित राइनासकोटमा आन्तरिक पर्यटकलाई लालिगुराँसले आकर्षित गर्न थालिएको हो ।   समयअगावै फुलेका लालिगुराँसले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको राइनास नगरपालिका प्रमुख एवं राइनासकोट होमस्टे व्यवस्थापन समितिका अध्यक्ष […]

मनाङको तापक्रम माइनस २२ डिग्री सेल्सियस

हिमाली जिल्ला मनाङको तापक्रम दैनिक रूपमा घट्दै गएको छ। माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ। दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ। हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ। प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङमा माघ लागेसँगै तापक्रम घट्दै गएको हो। हिमपात कम भए पनि यहाँको तापक्रम मापन […]

४० प्रतिशत हिउँ लोप हुने खतरा ! – ‘हिन्दकुश हिमालय क्षेत्रको पानी, हिउँ, समाज र पारिस्थिकीय प्रणाली’ अध्ययन

एक अध्ययनका अनुसार पृथ्वीको सरदर तापमान एक दशमलव पाँचदेखि दुई डिग्री सेन्टिग्रेड बढेको अवस्थामा हिन्दकुश हिमालय क्षेत्रको ३० देखि ४० प्रतिशत हिउँ लोप हुने खतरा रहेको देखिन्छ।   नेपालसहित आठ राष्ट्र सदस्य रहेको अन्तर–सरकारी निकाय अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले मंगलबार सार्वजनिक गरेको एक अध्ययनअनुसार विश्वको सरदर तापमानमा भएको बढोत्तरीका कारण पछिल्ला वर्षमा हिमनदी, […]

नेपाल जलवायु परिवर्तन सिर्जित प्रकोपहरुको हटस्पट बन्दै; हिमाली बस्तिका बासिन्दा जलवायु शरणार्थी हुने जोखिम !

२०७८ सालमा आएको अविरल वर्षा पछी मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको नासों गाउँपालिका वडा नं १ को ‘सिरान ताल’ भनेर चिनिने गाउँ नै बगायो । गाउँ नै बगाएपछि सिरान तालमा थात थलो रहेको डोल माया गुरुङको परिवार सोही वडाको ताल गाउँमा रहेको सार्वजनिक जग्गामा बनेको घरमा आएर बसेको छ । डोलमायाको परिवार जस्तै अरु ७ […]

विश्व सिमसार दिवस; आजको आवश्यकता : सिमसारको पुनर्स्थापना

काठमाडौँ, १९ माघ (रासस) : हरेक वर्ष फेब्रुअरी २ मा मनाइने ‘विश्व सिमसार दिवस’ नेपालमा यस वर्ष  नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘आजको आवश्यकता : सिमसारको पुनर्स्थापना’ भन्ने नाराका साथ नेपालमा पनि सिमसार दिवस मनाइँदैछ ।      सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । जैविक विविधताको दृष्टिले महत्वपूर्ण […]