काठमाडौं । नेपाली कन्फेक्शनरी उद्योगमा तीन दशकभन्दा बढी अनुभव बोकेको सुजल फुड्स प्रा.लि.ले स्वादिलो र आकर्षक नयाँ उत्पादन ‘व्याफी परिवार प्याक’ सार्वजनिक गरेको छ। ‘क्रिमी’, ‘क्रिस्पी’ र ‘क्रञ्ची’ अनुभव दिने गरी तयार गरिएको यो नयाँ प्याक अब बजारमा उपलब्ध छ। सुजल फुड्सले नयाँ प्याक उपभोक्तालाई आफ्ना प्रियजनहरूसँग बाँड्न वा आफैं रमाइलो साथ खान उपयुक्त हुने […]
पोखरामा नेपाली पर्यटक बढाउन सहज कनेक्टिभिटी आवश्यक
पोखरा । स्तरीय बस सेवा र हवाई सेवामार्फत् पोखरा र पश्चिम नेपाललाई जोड्दै आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिनेमा व्यवसायीहरु एकमत भएका छन् । होटल संघ पोखरा नेपालले गत जेठ २९ गतेबाट यही असार २ गतेसम्म पश्चिम नेपालका केही सहरमा सञ्चालन गरेको जाउँ है पोखरा अभियानका क्रममा उल्लिखित विषय उठेको हो । व्यवसायीहरु आपसी […]
‘दिगो आर्थिक रुपान्तरण आजको आवश्यकता’
गलकोट (बागलुङ) । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले दिगो आर्थिक रुपान्तरणका लागि योजनाबद्ध ढङ्गले काम गर्न आवश्यक रहेको बताउनुभएको छ । वितरणमुखी बजेटले राज्यको समृद्धि नआउने भएकाले दीर्घकालीन रुपमा आम्दानी बढाउने क्षेत्रमा राज्यले लगानी गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । नेपाल प्रेस युनियन बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले संसद् […]
उत्तरगयालाई एम्बुलेन्स
रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले आयोजना प्रभावित उत्तरगया गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ। आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत बायोङ सु मिनले असार २ गते गाउँकार्यपालिकाको कार्यालयमा एम्बुलेक्सको साँचो पालिका अध्यक्ष माधवप्रसाद अर्याललाई हस्तान्तरण गर्नुभयो। उक्त एम्बुलेन्स गाउँपालिकास्थित स्वास्थ्य चौकीले सञ्चालन गर्नेछ। आयोजनाको सामुदायिक सहयोग कार्यक्रमअन्तर्गत […]
एघार महिनाको विकास खर्च- ४०%
काठमाडौँ, १ असार : चालु आर्थिक वर्ष समाप्त हुन एक महिना मात्र बाँकी रहँदा विकास खर्च ४० प्रतिशत मात्र भएको छ। चालु आवका लागि छुट्याइएको बजेटमध्ये जेठ मसान्तसम्ममा ४० प्रतिशत मात्र पुँजीगत खर्च भएको हो। महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्तसम्ममा केन्द्र सरकारको विकास खर्च वार्षिक लक्ष्यको ४० दशमलव सात प्रतिशत अर्थात् रु एक खर्ब […]
एनसेल ‘सधैं अन करोडपति’ योजनाः १ करोड रुपैयाँ नगद बम्पर पुरस्कार, हरेक हप्ता १० लाख रुपैया नगद पुरस्कार र सहभागी सबैलाई उपहार
काठमाडौं अब एनसेलको सधैं अनले ग्राहकहरुलाई सम्पर्कमा रही रहन र सुलभ शुल्कमा अनलाइन रहनमात्र सक्षम बनाउँदैन । एनसेलले आफ्ना ग्राहकहरुका लागि ‘सधैँ अन करोडपति’ योजना संचालनमा ल्याएको छ, जसअन्तर्गत ग्राहकहरुले १ करोड रुपैयाँको बम्पर नगद पुरस्कार जित्ने सुनौलो मौका पाउनेछन् । यो योजना यत्तिमा मात्रै सीमित छैन । हरेक हप्ता १० जना भाग्यशाली […]
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
काठमाडौँ, ११ माघः प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ‘ब्रेक थ्रू’ भएको छ । ‘ब्रेक थ्रू’ भएसँगै राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक हजार एक सय २६ मिटर सुरुङमार्ग छिचोलिने काम सम्पन्न भएको छ । प्रधानमन्त्री ओलीको विशेष उपस्थितिमा आज […]
नेप्से सामान्य अङ्कले बढ्यो
काठमाडौँ, २१ पुसः यो साता कारोबारको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार पाँच सय ९१ दशमलव ५६ को बिन्दुमा कायम भएको हो । आज तीन सय २७ कम्पनीका ९३ लाख ८६ हजार सात सय २१ कित्ता […]
एक सय दिनमा मन्त्रालयले शतप्रतिशत कार्यसम्पादन गरेको छ: सञ्चारमन्त्री गुरुङ
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुम्लाको सिमिकोटमा फाइबर जडानदेखि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिओआइएमएस) स्थापनालगायत तोकिएका सबै काम पूरा भएको बताउनुभएको छ । सरकारी निकायमा वेबसाइट प्रणाली, मोबाइल एप्लिकेसनको जिम्मेवारीका साथै फोरजी–एफटिए मोबाइल कभरेज यसअवधिमा दुई प्रतिशत थप गरी छ लाख जनता माझ पु¥याइएको जानकारी दिनुभयो । सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “मोबाइल सेवालाई […]
नेपालबाट बंगलादेशमा विद्युत निर्यात गर्न त्रिपक्षीय सम्झौता, ४० मेगावाट निर्यात हुने
काठमाडाैं । नेपालबाट बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात गर्ने सम्झौतामा हस्ताक्षर भएकाे छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षीय विद्युत विक्री सम्झौता भएको हो । सम्झौतामा नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) का अध्यक्ष मोहम्मद रेजुल करिम र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) […]