नेपालमा भित्रियो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी

काठमाडौं । इटालियन स्कुटर ब्रान्ड भेस्पाले नेपाली बजारमा नयाँ १५० सिसी क्षमताको स्कुटर सार्वजनिक गरेको छ । नेपालका लागि भेस्पाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी सार्वजनिक गरेको हो ।
काठमाडौंको त्रिपुरेश्वरस्थित डेल्टा अटोकर्पको शोरुममा आयोजित विशेष कार्यक्रममार्फत नयाँ मोडल सार्वजनिक गरिएको हो । नयाँ स्कुटरले भेस्पाको ऐतिहासिक विरासत, मौलिक इटालियन डिजाइन र थप शक्तिशाली राइडिङ अनुभवलाई एकैसाथ प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।
‘एन इटालियन मास्टरपिस’ अर्थात् इटालियन कलाको उत्कृष्ट नमुना का रूपमा परिचित भेस्पाले आफ्नो विशिष्ट डिजाइन, आकर्षक बनावट र छुट्टै पहिचानमार्फत विश्वभरका राइडरमाझ विशेष स्थान बनाएको छ । दशकौंदेखि कायम रहेको यसको ऐतिहासिक विरासत र कालजयी डिजाइनले भेस्पालाई यातायातको साधनमा मात्र सीमित नराखी जीवनशैली र व्यक्तिगत पहिचानको प्रतीकका रूपमा स्थापित गरेको छ ।
नयाँ भेस्पा १५० एफआई ओबीडी २ स्टेज बीले यही ऐतिहासिक विरासतलाई निरन्तरता दिँदै नेपाली ग्राहकलाई १५० सिसी क्षमतामा थप शक्तिशाली विकल्प उपलब्ध गराएको छ । भेस्पाको मौलिक इटालियन शैली, आकर्षक डिजाइन र विशिष्ट पहिचानलाई कायम राख्दै ल्याइएको नयाँ मोडलले स्टाइलसँगै दैनिक यात्रामा थप पावर खोज्ने राइडरको अपेक्षालाई सम्बोधन गर्ने लक्ष्य राखेको छ ।
डेल्टा अटोकर्प प्रा.लि.का निर्देशक केतन भिमसारियाले भने, ‘नयाँ भेस्पा १५० एफआई ओबीडी २ स्टेज बीमार्फत हामी नेपाली ग्राहकलाई भेस्पाको कालजयी इटालियन डिजाइन र प्रतिष्ठित शैलीलाई कायम राख्दै अझ शक्तिशाली राइडिङ अनुभव प्रदान गर्न चाहन्छौं ।’
भेस्पा लामो समयदेखि स्कुटरभन्दा बढी व्यक्तिगत शैली, मौलिकता र जीवनशैलीको प्रतीकका रूपमा परिचित छ । पुस्तौंदेखि राइडरलाई आकर्षित गर्दै आएको यसको पहिचानलाई कायम राख्दै नयाँ १५० सिसी मोडलले नेपाली बजारमा भेस्पाका विकल्पलाई थप विस्तार गरेको छ ।
स्कुटर सार्वजनिक कार्यक्रममा आमन्त्रित अतिथि, शुभचिन्तक तथा भेस्पाका पारखीहरूको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै डेल्टा अटोकर्प प्रालिका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय महतोले नयाँ भेस्पा १५० एफआई ओबीडी २ स्टेज बीको सार्वजनिकरण कम्पनी र नेपालका भेस्पा ग्राहकका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए ।
उनले नयाँ भेस्पा १५० मा इटालियन डिजाइनका साथै आधुनिक प्रविधि र उत्कृष्टि पर्फर्मेन्स पनि हुने बताए । साथै, नेपालको भौगोलिक बनावट र सहरी यात्रालाई ध्यानमा राखेर ल्याइएको यो स्कुटरले नेपाली ग्राहकलाई स्टाइलका साथै आराम र पावरको पनि उत्कृष्ट अनुभव प्रदान गर्ने उनको विश्वास छ।
उनले भने, ‘भेस्पाको समृद्ध ऐतिहासिक विरासत र विशिष्ट पहिचानले पुस्तौंदेखि राइडरहरूलाई आकर्षित गर्दै आएको छ । नयाँ भेस्पा १५० एफआई ओबीडी २ स्टेज बीमार्फत हामी नेपाली ग्राहकलाई भेस्पाको कालजयी स्टाइल र मौलिक पहिचानमा कुनै सम्झौता नगरी थप शक्तिशाली विकल्प उपलब्ध गराउन पाउँदा खुसी छौं । देशभर विस्तार हुँदै गएको हाम्रो आधिकारिक बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौं ।
नेपालमा आफ्नो आधिकारिक बिक्री तथा सेवा सञ्जालमार्फत भेस्पाको उपस्थिति विस्तार गर्दै आएको डेल्टा अटोकर्पले नयाँ मोडलसँगै ग्राहकका लागि उपलब्ध विकल्पलाई थप फराकिलो बनाएको छ । इटालियन डिजाइन, विशिष्ट पहिचान र दैनिक यात्राका लागि उपयुक्त स्कुटर खोज्ने ग्राहकलाई नयाँ भेस्पा १५० एफआई ओबीडी २ स्टेज बीले आकर्षित गर्ने कम्पनीको अपेक्षा छ ।
नयाँ मोडलका विशेषता तथा उपलब्धताबारे थप जानकारी लिन ग्राहकहरूले नेपालभर रहेका भेस्पाका आधिकारिक शोरुममा सम्पर्क गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




