Logo
Logo
अर्थतन्त्र

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो, ८ अर्ब ८६ करोड नाघ्यो

त
तिलिचो न्यूज
२०८३ साउन ३१ गते १३:५२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद मुनाफा ४७.५८ प्रतिशतले बढेको हो ।

आव २०८१/८२ को चौथो त्रैमासिकसम्म कम्पनीको खुद मुनाफा ६ अर्ब ६७ लाख रुपैयाँ थियो । एक वर्षको अवधिमा कम्पनीको नाफा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँले वृद्धि भएको छ ।

कम्पनीको करअघिको मुनाफासमेत उल्लेख्य बढेको छ । गत आवको चौथो त्रैमासिकसम्म करअघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवको ९ अर्ब ८५ करोड २ लाख रुपैयाँको तुलनामा ३४.६६ प्रतिशतले बढी हो ।

त्यस्तै, ब्याज, कर, ह्रासकट्टी तथा अमोर्टाइजेसनअघिको आम्दानी (ईबीआईटीडीए) २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँ थियो ।

कम्पनीको कुल सञ्चालन आय पनि बढेको छ । समीक्षा अवधिमा सञ्चालन आय ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यो रकम ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँ थियो । सञ्चालन आयमा एक अर्ब ५ करोड ५९ लाख रुपैयाँ अर्थात् ३.१२ प्रतिशत वृद्धि भएको हो ।

नेपाल टेलिकमको कुल आय ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कुल आय ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ थियो । कम्पनीको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी (ईपीएस) ४९.२५ रुपैयाँ रहेको छ ।

ब्याज आम्दानी घटे पनि नाफा बढ्यो

कम्पनीका अनुसार ब्याजदर घटेका कारण ब्याज आम्दानीमा भने कमी आएको छ । अघिल्लो आवको तुलनामा गत आवमा ब्याज आम्दानी ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२.८८ प्रतिशतले घटेको छ ।

तर, मुख्य दूरसञ्चार सेवाबाट हुने आम्दानी वृद्धि, विशेषगरी जीएसएम सेवाको राजस्व बढेका कारण सञ्चालन आय र मुनाफामा सकारात्मक प्रभाव परेको कम्पनीले जनाएको छ ।

जीएसएम सेवातर्फको राजस्व गत आवको चौथो त्रैमासिकसम्म ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २.२८ प्रतिशतले बढेको छ ।

दुर्गम क्षेत्रमा सेवा विस्तारलाई निरन्तरता

नेपाल टेलिकमले व्यावसायिक रूपमा कम प्रतिफल हुने भए पनि राष्ट्रिय सञ्चार पूर्वाधार विस्तारको जिम्मेवारीअनुसार दुर्गम तथा विकट क्षेत्रमा सेवा विस्तार गर्दै आएको जनाएको छ ।

कम्पनीले नेटवर्क विस्तार, सेवा गुणस्तर सुधार तथा डिजिटल सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ । आगामी दिनमा नयाँ प्रविधिको विस्तार, ग्राहक सेवा सुधार र डेटा सेवाको प्रयोग वृद्धि कम्पनीका मुख्य लक्ष्य रहने बताइएको छ ।

दूरसञ्चार क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच विद्यमान ग्राहक आधार कायम राख्नु र डिजिटल सेवामा विस्तार गर्नु नेपाल टेलिकमका लागि आगामी चुनौती र अवसरका रूपमा रहने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित