Logo
Logo

मन्त्रिपरिषद् बैठक के के निर्णय गर्‍यो?

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १३ गते २१:५९
४९
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ- सरकारले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

बैठकले पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमला–ढल्केबर–पथलैया सडकखण्ड, गर्जाङ खोला साना जलविद्युत आयोजना, बलेफी खोला जलविद्युत आयोजना तथा सशस्त्र प्रहरी बल नेपालका तालिम शिक्षालय गुल्म र सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिएको छ।

यस्तै, पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता पोखरेलले बताए।

मन्त्रिपरिषद्ले संघीय निजामती सेवासम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक पनि संघीय संसद्‌मा पेस गर्न स्वीकृति दिएको छ।

त्यस्तै, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक संसद्‌मा पेस गर्न स्वीकृति प्रदान गरिएको छ।

बैठकले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव आवास श्रेष्ठ कर्णलाई बढुवा गरी गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापना गर्ने निर्णय गरेको छ।

त्यसैगरी नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा डा.जगदीशश्वर धर्माचार्यलाई बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिव पदमा पदस्थापना गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

गण्डकी सरकारद्वारा मृतक तथा बेपत्ता परिवारलाई १ लाख राहत, मुख्यमन्त्री निरीक्षणमा

गण्डकी सरकारद्वारा मृतक तथा बेपत्ता परिवारलाई १ लाख राहत, मुख्यमन्त्री निरीक्षणमा

प्रेस काउन्सिलमा बबण्डर, अध्यक्षलाई झ्यालबाट टिपेर फ्याँक्ने पत्रकारको चेतावनी

प्रेस काउन्सिलमा बबण्डर, अध्यक्षलाई झ्यालबाट टिपेर फ्याँक्ने पत्रकारको चेतावनी

सेती अस्पताल आसपासमै दर्जनौं निजी स्वास्थ्य संस्था, ३०० मिटरभित्र सञ्चालन रोक्न मन्त्रालयको ताकेता

सेती अस्पताल आसपासमै दर्जनौं निजी स्वास्थ्य संस्था, ३०० मिटरभित्र सञ्चालन रोक्न मन्त्रालयको ताकेता

वरिष्ठ नेता बनेपछि विद्याको पहिलो सम्बोधन- पाउने जति पाइसकेँ, अब मलामी नघटुन् भन्ने मात्रै छ

वरिष्ठ नेता बनेपछि विद्याको पहिलो सम्बोधन- पाउने जति पाइसकेँ, अब मलामी नघटुन् भन्ने मात्रै छ

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित