Logo
Logo
समाचार

सेती अस्पताल आसपासमै दर्जनौं निजी स्वास्थ्य संस्था, ३०० मिटरभित्र सञ्चालन रोक्न मन्त्रालयको ताकेता

ऐनले सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य संस्थाको परिसरबाट ३०० मिटर दूरीभित्र निजी अस्पताल, पोलिक्लिनिक, क्लिनिक, नर्सिङ होम, प्रयोगशालालगायत स्वास्थ्यसम्बन्धी निजी व्यवसाय सञ्चालन गर्न नपाइने व्यवस्था गरेको छ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १३ गते २३:५६
३४
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य संस्थाको ३०० मिटर वरिपरि सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थामाथि कडाइ गर्ने भएको छ।

सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन, २०७६ को दफा २७ को उपदफा (१) कार्यान्वयन गर्न स्वास्थ्य निर्देशनालयलाई निर्देशन दिएको हो।

ऐनले सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य संस्थाको परिसरबाट ३०० मिटर दूरीभित्र निजी अस्पताल, पोलिक्लिनिक, क्लिनिक, नर्सिङ होम, प्रयोगशालालगायत स्वास्थ्यसम्बन्धी निजी व्यवसाय सञ्चालन गर्न नपाइने व्यवस्था गरेको छ।

मन्त्रालयले यसअघि नै २०७९ माघ २९ गते ‘निजी अस्पताल तथा स्वास्थ्यसम्बन्धी व्यवसाय स्थानान्तरण मापदण्ड, २०७९’ समेत संलग्न गरी ऐन कार्यान्वयनका लागि निर्देशन दिएको स्मरण गराएको छ।

तर, उक्त निर्देशन र मापदण्डअनुसार ऐनको दफा २७ कार्यान्वयन नभएको भन्दै मन्त्रालयले पुनः कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको हो।

मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयले ऐन तथा मापदण्ड तत्काल कार्यान्वयन गर्न स्वास्थ्य निर्देशनालयलाई ताकेता गरेको जनाएको छ।

मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनारले हस्ताक्षर गरेको पत्रमा सरकारी अस्पताल आसपास सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याउन निर्देशन दिइएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पताल आसपास भने ३०० मिटरभित्रै विभिन्न निजी अस्पताल, पोलिक्लिनिक, क्लिनिक, प्रयोगशाला तथा औषधि पसलबाट स्वास्थ्य सेवा सञ्चालन भइरहेको छ। तीमध्ये कतिपयले स्वास्थ्य संस्था सञ्चालनको अनुमति नै नलिएको पाइएको छ।

सरकारी अस्पतालमा कार्यरत चिकित्सकसमेत अस्पताल आसपास सञ्चालनमा रहेका निजी क्लिनिकमा सेवा दिइरहेका छन्। सेती प्रादेशिक अस्पताल आसपास बिरामीको चाप बढी हुने दर्जनौं स्वास्थ्य संस्था सञ्चालनको अनुमति लिएका छैनन्।

इजाजतबिना स्वास्थ्य संस्था सञ्चालन भइरहेको तथा त्यस्ता संस्थामा विभिन्न बेथिति देखिएको भन्दै स्वास्थ्य कार्यालय कैलालीले गत १७ असारमा नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश समितिलाई पत्र पठाएर त्यस्ता गतिविधि रोक्न र कानुनी दायरामा ल्याउन सहजीकरण गर्न आग्रह गरेको थियो।

मन्त्रालयले सेती प्रादेशिक अस्पताल आसपास मात्रै नभई कैलालीका अन्य सरकारी अस्पताल तथा सुदूरपश्चिम प्रदेशका सरकारी अस्पताल र स्वास्थ्य संस्थाको आसपाससमेत ३०० मिटरको प्रावधान कार्यान्वयन गर्ने तयारी गरेको छ।

यससँगै सरकारी अस्पताल नजिक सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थाको वैधानिकता र सञ्चालन मापदण्डको अनुगमन तथा कारबाही प्रक्रिया अघि बढ्ने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित