Logo
Logo
समाचार

वरिष्ठ नेता बनेपछि विद्याको पहिलो सम्बोधन- पाउने जति पाइसकेँ, अब मलामी नघटुन् भन्ने मात्रै छ

अहिले नै जिम्मेवारी लिने कि नलिने भन्ने अन्योल थियो, तर सबैतिरबाट वरिष्ठ नेता र हिजोको योगदानको सम्मान भनेर बोलाउन थालेपछि स्वीकार गरियो भनौँ,’ भण्डारीले भनिन्, ‘म पार्टी र देश बनाउन फेरि जिम्मेवारीमा आएकी हुँ । सर्वोच्च पदमा पुगिसकेपछि मलाई अब कुनै पदको लोभ वा व्यक्तिगत स्वार्थ छैन । मैले त अब मलामी नघटुन् भन्ने मात्रै सोचेकी हुँ । कुनै आकांक्षी भएर पार्टी जिम्मेवारीमा आएको होइन ।’

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १३ गते २२:४०
५३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

रुपन्देही । नेकपा (एमाले) को वरिष्ठ नेताको जिम्वाारी पाएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार पहिलोपटक पार्टीको औपचारिक कार्यक्रममा सहभागी भएकी छन् । भण्डारीले रुपन्देही जिल्ला पार्टी कार्यालयमा आयोजित स्वागत ग्रहण गर्दै नेता-कार्यकर्तालाई सम्बोधन गरिन् ।

‘अहिले नै जिम्मेवारी लिने कि नलिने भन्ने अन्योल थियो, तर सबैतिरबाट वरिष्ठ नेता र हिजोको योगदानको सम्मान भनेर बोलाउन थालेपछि स्वीकार गरियो भनौँ,’ भण्डारीले भनिन्, ‘म पार्टी र देश बनाउन फेरि जिम्मेवारीमा आएकी हुँ । सर्वोच्च पदमा पुगिसकेपछि मलाई अब कुनै पदको लोभ वा व्यक्तिगत स्वार्थ छैन । मैले त अब मलामी नघटुन् भन्ने मात्रै सोचेकी हुँ । कुनै आकांक्षी भएर पार्टी जिम्मेवारीमा आएको होइन ।’

आफू एमालेमा नयाँ नभएको र राष्ट्रिय जिम्मेवारीमा रहेका कारण केही समय मात्र पार्टी भूमिकाभन्दा बाहिर बसेको उनको प्रष्टोक्ति छ । पार्टी निर्माण, संगठन सुदृढीकरण र देश विकासका लागि आफूले योगदान दिने प्रतिबद्धता जनाउँदै भण्डारीले नेपालमा वामपन्थी एकता अपरिहार्य रहेकोमा जोड दिइन् ।

करिब ४० मिनेट लामो सम्बोधनका क्रममा भण्डारीले कसैको नाम नलिई पार्टी नेतृत्व, कार्यशैली र कम्युनिस्ट आन्दोलनबारे निर्मम समीक्षा हुनुपर्ने बताएकी छन् ।

‘एउटा निर्वाचनबाट जनमत सकियो भन्ने भाष्य बनाउनु हुँदैन। राजनीतिक आन्दोलनमा उतारचढाव हुन्छन्, एउटा बाटो असफल हुँदैमा अर्को बाटोको सम्भावना सकिँदैन,’ उनले भनिन्, ‘हामीले आफ्नै कामको आत्मसमीक्षा गर्नैपर्छ । अरूलाई मात्र दोष देखाएर आफ्ना कमजोरीबाट उम्कन पाइँदैन । गल्ती स्वीकार गर्न सक्नुपर्छ र सच्याएर अघि बढ्नुपर्छ ।’

२०५१ सालमा ठूलो दल बनेको एमाले पार्टी विभाजनका कारण कमजोर भएको, २०५६ मा फेरि अघि बढेको र २०७४ को चुनावपछिको एकता र विभाजनबाट पनि पाठ सिक्नुपर्ने भण्डारीले स्मरण गराइन् । पार्टीको नेतृत्वमा लामो समय बसेकाहरूको कार्यशैली र निर्णयको समीक्षा आवश्यक रहेको बताउँदै उनले नेतृत्वको कमजोरीको भार तल्लो तहका कार्यकर्तामाथि थोपर्न नहुने बताएकी छन् ।

भण्डारीले आफू छैटौँ महाधिवेशन (नेपालगन्ज) बाट केन्द्रीय सदस्य र आठौँ महाधिवेशन (बुटवल) बाट उपाध्यक्ष भएको स्मरण गर्दै वरिष्ठ नेताको रूपमा सार्वजनिक हुने अवसर पनि लुम्बिनी भूमिबाटै जुरेको बताइन् ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको कार्यक्रममा सहभागी हुन रुपन्देही आउँदा आफूले विमानस्थलमा भोगेको सास्ती पनि उनले सुनाएकी छन् । खराब मौसमका कारण निर्धारित समयभन्दा करिब ७ घण्टा ढिलो गरी विमान अवतरण भएको र अवतरणपछि पनि धावनमार्गमा जनावर आएका कारण केही समय विमान रोकिनुपरेको भण्डारीको स्मरण छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन र सेवा सुधारमा भण्डारीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन् ।

कार्यक्रममा एमाले सचिव छविलाल विश्वकर्माले केन्द्रीय कमिटी बैठककै बेला सचिवालय बैठक बसेर भण्डारीको हिजोको योगदानको सम्मानस्वरूप वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरिएको प्रस्ट पारे ।

रुपन्देही जिल्ला कमिटी अध्यक्ष यज्ञ गैरेले भने पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको जनआवाज उठिरहेको बेला केन्द्रका कतिपय निर्णयबाट तल्लो तहका आम कार्यकर्ता सन्तुष्ट हुन नसकेको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित