Logo
Logo

अब ११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने, कहाँ-कहाँ थपियो ?

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन २६ गते १८:३१
६०
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास उद्योग संघले आजदेखि ११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साटफेर गर्न पाइने व्यवस्था मिलाएको हो ।

यसअघि ६ ठाउँबाट ग्यास सिलिन्डर साटफेर गर्न पाइने व्यवस्था गरिएको थियो । आजदेखि भने काठमाडौंको बुढानीलकण्ठ, ललितपुर, कलंकी, खसीबजार र सतुंगल केन्द्र थप गरिएको हो ।

नयाँ वितरण केन्द्रहरूमा बुढानीलकण्ठको चपलीमा भानु ग्यास, ललितपुरको हरिसिद्धि नेपाल र एचपी ग्यास, कलंकीमा गीता ग्यास, खसीबजारस्थित नरके ट्रेडर्समा सीताश्री ग्यास र सतुंगलमा श्रीमाया ग्यास साट्न पाइने व्यवस्था मिलाइएको छ ।

ग्यास सिलिन्डर बिहान ११ बजेदेखि दिउँसो साढे ४ बजेसम्म साट्न पाइने व्यवस्था गरिएको छ । यसरी ग्यास साटफेर असोज ३० गतेसम्म पाइने संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

दश किलो गाँजासहित एक जना पक्राउ

दश किलो गाँजासहित एक जना पक्राउ

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

‘एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छ’: केपी ओली

‘एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छ’: केपी ओली

‘नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यक छ’- पूर्व राष्ट्रपति भण्डारी

‘नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यक छ’- पूर्व राष्ट्रपति भण्डारी

‘चीनसँगको सम्बन्धमा आर्थिक कूटनीति र व्यापार घाटा न्यूनीकरण प्राथमिकता’: राजदुत शर्मा

‘चीनसँगको सम्बन्धमा आर्थिक कूटनीति र व्यापार घाटा न्यूनीकरण प्राथमिकता’: राजदुत शर्मा

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित