Logo
Logo
समाचार

‘नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यक छ’- पूर्व राष्ट्रपति भण्डारी

नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकलाई विवेकशील, सिर्जनशील र राज्यप्रति जिम्मेवार बनाउने गरी मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता रहेको बताएकी छिन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन २७ गते ०१:२७
५३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकलाई विवेकशील, सिर्जनशील र राज्यप्रति जिम्मेवार बनाउने गरी मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता रहेको बताएकी छिन् । 

सोमवार काठमाडौँमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रस्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । मुलुकको शिक्षा प्रणालीलाई परीक्षामा प्राप्त अंक र प्रमाणपत्रमा मात्र सीमित नराखी जीवनोपयोगी बनाउनुपर्नेमा उनको जोड छ । उनले मुलुकको विकासका लागि सरकार, राजनीतिक दल र नीति निर्माता मात्र जिम्मेवार भएर नपुग्ने बताइन् । उनले मुलुकको विकास र समृद्धिको लागि हरेक नागरिक र समुदायको पनि उत्तिकै जिम्मेवारी हुने बताइन् ।

उनले नागरिकको श्रम, सिर्जनशीलता, उद्यमशीलता, अनुशासन र इमानदारी विकासका महत्त्वपूर्ण आधार भएकोसमेत बताइन्। नेता भण्डारीले नागरिक शिक्षाले लोकतन्त्रलाई व्यवहारमा रूपान्तरण गर्न सहयोग गर्ने उल्लेख गर्दै नागरिक शिक्षामा राज्यले पर्याप्त लगानी गर्नुपर्नेमा समेत जोड दिइन् । नागरिकले राज्यबाट अधिकार र सेवा प्राप्त गर्ने अपेक्षा राख्नु स्वाभाविक भए पनि राज्य र समाजप्रतिको आफ्नो भूमिका तथा जिम्मेवारी बुझ्न पनि उत्तिकै आवश्यक रहेको उनको भनाइ छ । 

उनले भनिन्, ‘मुलुकको विकासका लागि सरकार, राजनीतिक दल र नीति निर्माताहरू मात्र जिम्मेवार भएर पुग्दैन । समाजका हरेक पक्ष, रहेका समुदाय र प्रत्येक नागरिकको पनि विकासमा आफ्नो भूमिका र जिम्मेवारी हुन्छ । नागरिकको श्रम, सिर्जनशीलता, उद्यमशीलता, अनुशासन, इमानदारिता पनि विकासका महत्त्वपूर्ण आधार हुन् । यस अर्थमा नागरिक शिक्षा लोकतन्त्रलाई व्यवहारमा रूपान्तरण गर्ने महत्त्वपूर्ण आधार हो । यसले नागरिकमा आलोचनात्मक चेतना, सामाजिक उत्तरदायित्व, सहिष्णुता र लोकतान्त्रिक मूल्यप्रतिको सम्मान विकास गर्नुपर्छ । नागरिकले राज्यबाट आफ्ना अधिकार र सेवा प्राप्त गर्ने अपेक्षा राख्नु स्वभाविक हो । तर राज्य र समाजप्रतिको आफ्नो भूमिका र जिम्मेवारी बुझ्न समेत उत्तिकै आवश्यक हुन्छ । यसका लागि हाम्रो शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता रहेको छ । शिक्षालाई परीक्षामा प्राप्त अंक र प्रमाणपत्रमा मात्र सीमित नराखी विवेकशील, सिर्जनशील, नैतिक र जिम्मेवार नागरिक निर्माण गर्ने माध्यमका रूपमा विकास गर्ने माध्यम बनाउनुपर्छ भन्ने मलाई लाग्छ । विद्यालयदेखि विश्वविद्यालय तहसम्मको शिक्षण विधि, पाठ्यक्रम र मूल्यांकन प्रणालीलाई जीवनउपयोगी,ज्ञान,दृष्टिकोण, आलोचनात्मक चिन्तन र  नागरिक जिम्मेवारीसँग जोड्नपर्छ । शिक्षा प्रणालीको सुधारसँगै पठन संस्कृतिको विकास पनि उत्तिकै आवश्यक छ ।’

उनले विद्यालयदेखि विश्वविद्यालय तहसम्मको पाठ्यक्रम, शिक्षण विधि र मूल्यांकन प्रणालीलाई जीवनोपयोगी ज्ञान, दृष्टिकोण, आलोचनात्मक चिन्तन र नागरिक जिम्मेवारीसँग जोड्नुपर्ने बताइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित