समाचार
दश किलो गाँजासहित एक जना पक्राउ
त
तिलिचो न्यूज संवाददाता२०८३ आश्विन २७ गते ०३:५३
५७
0
CommentsShares

भक्तपुर । सूर्यविनायक नगरपालिका–८ जगाती जाँचचौकीबाट १० किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको गाँजासहित खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ का देवेन्द्र राईलाई पक्राउ गरिएको हो ।
निजलाई भक्तपुर जिल्ला अदालतबाट १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति प्रहरीले लिएको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




