Logo
Logo
समाचार

‘एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छ’: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा नेपालमा एमालेमाथि चौतर्फी घेराबन्दी रहेको बताएका छन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन २७ गते ०१:४०
४९
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा नेपालमा एमालेमाथि चौतर्फी घेराबन्दी रहेको बताएका छन् । 

पार्टी कार्यालय च्यासलमा केन्द्रिय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा उनले पार्टीमाथि भइरहेको घेराबन्दीलाई एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताएका हुन् । उनले विगत केही वर्ष अगाडी देखी नै एमालेमाथि घेराबन्दी हुँदै आएको बताए । आगामी निर्वाचनमा पनि एमालेको विरुद्धमा मोर्चाबन्दी हुनसक्ने बताए । एमालेविरुद्धको २०७७ सालदेखि नै घेराबन्दी शुरु हुन लागेको उनको आरोप छ । २०७७ सालमा पार्टी कब्जा गरेर ध्वस्त पार्ने प्रयास असफल भएपछि २०७८ साल भदौ १० गते पार्टी विभाजन गराएको बताए ।

२०७९ सालको निर्वाचनमा विभिन्न राजनीतिक दलले एमालेविरुद्ध मोर्चाबन्दी गरेको उनको भनाइ छ । त्यस्तो परिस्थितिमा पनि एमाले लोकप्रिय पार्टी बनेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि एमालेलाई बलियो बनाउन लाग्नुपर्ने बताए। उनले सामाजिक सञ्जालमार्फत एमाले पार्टी र नेताहरूको चरित्रहत्या गर्ने तथा जनतामाझ अलोकप्रिय बनाउने प्रयास हाल पनि जारी रहेको आरोप लगाए । उनले पार्टीभित्र कै केही नेताका गलत गतिविधिका कारण पनि थप चुनौती उत्पन्न भएको बताए । 

उनले भने, ‘हाम्रो अगाडि निर्वाचन आउँदैछ र यस निर्वाचनमा पनि हामीलाई घेर्ने काम हुन सक्छ, हामी विरुद्धको घेराबन्दी सिद्धिएको छैन । यो एकदमै चालू छ अहिले पनि । घेराबन्दी चालू छ । २०७७ सालमा सालमा हाम्रो पार्टी कब्जा गरेरै ध्वस्त पार्न खोजियो, म समेत १० जना नेता पार्टीबाट निष्काशन गरियो । हामीले नै एकताका लागि भनेर दिएको बहुमतको दुरुपयोग गर्ने काम भयो । हामीले पुनर्गठन गरेर अगाडि बढ्यौँ । फेरी २०७८ साल भदौ १० गते फेरी हाम्रो पार्टी फुटाइयो । हाम्रा पार्टीका हस्ती भनेका व्यक्तिहरूबाटै पार्टी फुटाइयो । हामीले अत्यन्तै उदारताका साथ, अत्यन्तै फराकिलोपनका साथ, मनका साथ व्यवहार गर्‍यौँ । सकेसम्म साथीहरूलाई फेरी समेट्यौँ र अगाडि बढ्यौँ । २०७९ को निर्वाचनमा देश नै हाम्रा विरुद्ध चुनावमा मोर्चाबन्दी । सिङ्घै देशको हामी विरोधी मोर्चा भयो । सबैका विरुद्ध हामी लड्नुपर्‍यो । मोर्चा सानोतिनो थिएन, हाम्रा विरुद्धको । फेरी पनि हामी सबभन्दा पपुलर पार्टी भयौँ । त्यसपछि हामी विरुद्धको अभियान अर्को ढङ्गले तीव्र पारियो, सामाजिक सञ्जालमार्फत हाम्रो चरित्र हत्या गर्ने, हामीलाई जनताका नजरमा गिराउने, अलोकप्रिय बनाउने, हाम्रो लोकप्रियता घटाउने, यी सब कामहरू भए । यसका विरुद्ध पार्टी एकजुट भएर लड्यो, लड्नुपर्थ्यो । केही साथीहरूलाई सम्झाउन सकिएन, केही साथीहरू अलिकति गलत धन्दामा संलग्न भइरहे । जहिले पनि पार्टीभित्र विरोध नै गरिरहने, सहमति भनेको कहिल्यै पनि नहुने त्यस्तो पनि हुन्छ ? तर त्यस्तो केही भयो । अब हामीले ती कुरा गर्नु पनि हुँदैन, गर्न दिनु पनि हुँदैन । त्यस्तो हुन पनि हुँदैन, हुन दिनु पनि हुँदैन । यो पार्टी महान् उद्देश्य बोकेर सत्य, समानता र मानवताको बाटोमा हिँडेको पार्टी हो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने बाटोमा हिँडेको पार्टी हो, हामी साना–मसिना गलत कुरा, क्रियाकलापमा अल्झिने हुँदैन । त्यस कारण पार्टीमा सुदृढ एकताका साथ अगाडि बढ्नुपर्छ । आजको आवश्यकता त्यही हो ।’अध्यक्ष ओलीले नेपालमा लोकतन्त्र कमजोर बनाउने काम भइरहेको पनि आरोप लगाए । नेपालको राष्ट्रिय अस्मितामा आँच पुर्‍याएर स्वाधीनता र स्वतन्त्रता कमजोर पारिएको उनको दाबी छ । नेपालको स्वाधीनता र स्वतन्त्रताको पुन:स्थापनाका लागी आन्दोलनमा उत्रिनुपर्ने अवस्था समेत आउन सक्ने उनले बताए । आन्दोलनका क्रममा दमन भएमा त्यसको प्रतिवाद गर्ने उनको भनाई छ । उनले आन्दोलन न्याय, शान्ति र अग्रगमनका लागि हुनुपर्ने बताए । तर नेपालमा आगजनी र लुटपाटलाई आन्दोलन भनेर आन्दोलनकै अपव्याख्या भइरहेको उनको भनाई छ ।

उनले भने, ‘शान्तिका लागि आन्दोलन गर्न पर्‍यो निहत्था जनतालाई असङ्गठित जनतालाई सङ्गठित शक्तिले हतियार र सङ्गठित शक्तिको बलमा दबायो भने त्यसमा जनताले प्रतिवाद गर्नुपर्ने हुनसक्छ । त्यो प्रतिवादलाई हामी आन्दोलन भन्छौँ । आगो लाउनु आन्दोलन होइन, लुटपाट गर्नु आन्दोलन होइन । आन्दोलन भनेको सङ्गठित र सशस्त्र शक्तिले असङ्गठित र निरस्त्र शक्तिलाई ठूलो र बलियोले कमजोरलाई बलजफ्त दमन गर्छ भने त्यसको प्रतिवाद गर्नु आन्दोलन हो । गलतका विरुद्ध, अग्रगमनका लागि, न्यायका लागि, शान्तिका लागि, दमनका विरुद्ध, आन्दोलन गर्नुपर्ने हुन्छ, त्यो देशका लागि हुन्छ, त्यो जनताका लागि हुन्छ, त्यो बृहत्तर बृहत्तर हितका लागि हुन्छ । यी चिजहरूलाई अहिले नेपालमा शत्रु बनाइएको छ, खोसिएको छ, लोकतन्त्र मासिएको छ, राष्ट्रिय अस्मिता कमजोर बनाइएको छ, स्वाधीनता, स्वतन्त्रता कमजोर बनाइएको छ । यस्तो स्थितिमा हामीसँग यी चिजहरूको पुनप्र्राप्ति गर्नु, पुनर्वापसी अनिवार्य शर्त हो । त्यस कारण यसको पुनर्वासीका लागि बलजफ्त दमन गरिन्छ भने दमन अस्वीकार गरेर प्रतिवादमा उत्रिनुपर्ने हुन्छ, त्यसलाई आन्दोलन भन्छन् । जो कुरा हामी विगतमा पनि गरी आएका छौँ फेरि पनि गर्नुपर्ने हुन्छ ।’

पार्टीका सदस्यहरूलाई उनले निष्ठापूर्वक सक्रियताका काममा लाग्न निर्देशन दिए । पार्टीमा अब विगतलाई हेरेर मात्रै मुल्यांकन नहुने बताए । नीति र नेतृत्वप्रतिको इमानदारिता र कर्मशीलतालाई पनि मुल्यांकनको आधार बनाइने उनको भनाई छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित