Logo
Logo

सार्वजनिक प्रशासन सुधारबारे छलफल गर्न १५ देशका विज्ञ नेपालमा जुट्दै

कात्तिक १८ देखि २० गतेसम्म नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा सञ्चालन हुने सम्मेलनमा करिब १५ देशका तीन सयभन्दा बढी प्रतिनिधि तथा अनुसन्धानकर्ताको सहभागिता अपेक्षा गरिएको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १७ गते २३:१७
३२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । सार्वजनिक प्रशासन तथा शासकीय व्यवस्थासम्बन्धी दक्षिण एसियाली अन्तर्राष्ट्रिय सम्मेलन बुधबारदेखि ललितपुरमा सुरु हुने भएको छ । कात्तिक १८ देखि २० गतेसम्म नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा सञ्चालन हुने सम्मेलनमा करिब १५ देशका तीन सयभन्दा बढी प्रतिनिधि तथा अनुसन्धानकर्ताको सहभागिता अपेक्षा गरिएको छ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, सार्वजनिक प्रशासन संघ नेपाल र दक्षिण एसियाली सार्वजनिक प्रशासन सञ्जालको संयुक्त आयोजनामा हुने सम्मेलन ‘दक्षिण एसियामा सार्वजनिक प्रशासनको पुनर्कल्पना : सदाचारिता, समावेशिता र राज्यको क्षमता’ विषयमा केन्द्रित रहनेछ । सम्मेलनमा सार्वजनिक संस्थाको क्षमता, जवाफदेहिता र नागरिकप्रतिको उत्तरदायित्व अभिवृद्धिका लागि आवश्यक नीतिगत सुधार, अनुसन्धान तथा व्यावहारिक अनुभव आदानप्रदान गरिनेछ ।

आयोजक राष्ट्रिय समितिले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सम्मेलनमा करिब १४५ अनुसन्धानमूलक योगदान, ३३ समानान्तर प्राविधिक सत्र, चार विषयगत प्यानल र दुई पूर्ण सत्र रहनेछन् । त्यसैगरी, एक मुख्य प्रवचन, तीन विचारमन्थन स्टुडियो, चार सिकाइ प्रयोगशाला, एक नीति प्रयोगशाला, नेपाल संवाद र क्षेत्रीय चिन्तन सत्र आयोजना गरिनेछन् ।

सम्मेलनमा सार्वजनिक प्रशासन र दिगो विकास लक्ष्य, अतिकम विकसित मुलुकबाट स्तरोन्नति तथा संक्रमणकालीन अर्थतन्त्र, सदाचारितामा आधारित शासन र सार्वजनिक विश्वास, नागरिककेन्द्रित सेवा प्रवाह, राज्यको क्षमता अभिवृद्धिका लागि प्रशासनको आधुनिकीकरण तथा जलवायु परिवर्तन र समावेशी शासन गरी छवटा प्रमुख विषयगत क्षेत्रमा अनुसन्धान पत्र प्रस्तुत गरिनेछन् । यसका अतिरिक्त सरकारी निकायमा डिजिटल रूपान्तरण तथा कृत्रिम बुद्धिमत्ताको प्रयोग, संघीय शासन, सामाजिक सुरक्षा, संस्थागत जवाफदेहिता र जलवायु न्यायका विषयमा पनि छलफल हुनेछ ।

सम्मेलनको मुख्य प्रवचन दक्षिण एसियाली विश्वविद्यालयकी प्राध्यापक डा। मल्लिका शाक्यले ‘दक्षिण एसियामा सार्वजनिक प्रशासनको पुनर्कल्पना’ विषयमा प्रस्तुत गर्नेछिन् । दुई पूर्ण सत्रमा नागरिककेन्द्रित राज्यको आधुनिकीकरण तथा दक्षिण एसियामा जलवायु न्याय र सार्वजनिक नीतिका विषयमा विमर्श हुनेछ । विशेष नेपाल संवाद सत्रमा नेपालको लोकतान्त्रिक तथा शासकीय रूपान्तरण, सार्वजनिक विश्वास, राज्यको संस्थागत क्षमता र प्रशासनिक सुधारका अनुभवबारे छलफल गरिनेछ ।

सम्मेलनमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्सलगायत दक्षिण एसियाली मुलुकका साथै मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, थाइल्यान्ड, चीन, अस्ट्रेलिया, बेलायत र संयुक्त राज्य अमेरिकाका विभिन्न विश्वविद्यालय तथा संस्थासँग आबद्ध प्राज्ञिक व्यक्तित्व र अनुसन्धानकर्ताका योगदान समेटिएका छन् । नीतिनिर्माता, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, विकास साझेदार, नागरिक समाजका प्रतिनिधि तथा सार्वजनिक प्रशासनका अभ्यासकर्ताको पनि सहभागिता रहनेछ ।

आयोजकका अनुसार सम्मेलनमा परम्परागत अनुसन्धान पत्र प्रस्तुतिसँगै सार्वजनिक नीतिका वास्तविक समस्यामाथि सामूहिक विश्लेषण र समाधानमुखी अभ्यास गरिनेछ । विचारमन्थन स्टुडियो र सिकाइ प्रयोगशालामार्फत प्रशासनिक चुनौती, व्यावसायिक सिकाइ तथा सार्वजनिक प्रशासनको शिक्षण र अभ्यासमा प्रयोग गर्न सकिने नवीन विधिबारे छलफल हुनेछ ।

सम्मेलनले नेपालको संघीय शासन प्रणालीको कार्यान्वयन, लोकतान्त्रिक रूपान्तरण, संस्थागत सुधार तथा सार्वजनिक सेवा प्रवाहका अनुभवलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय प्राज्ञिक समुदायसमक्ष प्रस्तुत गर्ने अवसर प्रदान गर्ने आयोजकको अपेक्षा छ । यसबाट दक्षिण एसियाका विश्वविद्यालय, अनुसन्धान संस्था र सार्वजनिक प्रशासनका अभ्यासकर्ताबीच दीर्घकालीन सहकार्य विस्तार हुनुका साथै संयुक्त अनुसन्धान, प्राज्ञिक प्रकाशन र प्रशासनिक क्षमता विकासका प्रयासलाई प्रोत्साहन पुग्ने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

इनम अडियो प्रकरण: बालेनदेखि गगनसम्म निष्पक्ष छानबिन गर्न जेनजी नेताहरूको माग

इनम अडियो प्रकरण: बालेनदेखि गगनसम्म निष्पक्ष छानबिन गर्न जेनजी नेताहरूको माग

देउवा काँग्रेसको १५ औँ महाधिवेशन मङ्सिर २१ देखि

देउवा काँग्रेसको १५ औँ महाधिवेशन मङ्सिर २१ देखि

रास्वपा नेताको घरमा सञ्चालित जुवाखालमा प्रहरीको छापा, ९ जना पक्राउ

रास्वपा नेताको घरमा सञ्चालित जुवाखालमा प्रहरीको छापा, ९ जना पक्राउ

ट्रम्पलाई ‘मार्ने’ धम्कीसहित इरानले सार्वजनिक गर्‍यो होर्डिङ बोर्ड

ट्रम्पलाई ‘मार्ने’ धम्कीसहित इरानले सार्वजनिक गर्‍यो होर्डिङ बोर्ड

एडीबीको ३० करोड ५० लाख डलर सहायता स्वीकार गर्नेसहित मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

एडीबीको ३० करोड ५० लाख डलर सहायता स्वीकार गर्नेसहित मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित