Logo
Logo

मंसिरमा १५ औँ महाधिवेशन गर्ने देउवा समूहको तयारी

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ १७ गते २२:२७
७
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ । बुधबार चुनदेवीमा बसेको बैठकमा मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको नेता एनपी साउदले जानकारी दिएका छन् ।

बैठकमा वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते, प्रदेश निर्वाचन एवम् प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन असोज २३ गते, जिल्ला अधिवेशन कात्तिक १५ गते र प्रदेश अधिवेशन मंसिर ४ गते गर्ने प्रस्ताव गरिएको छ।

साउदका अनुसार उक्त कार्यतालिकामाथि केन्द्रीय समितिका सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको र आवश्यक परिमार्जनपछि कार्यतालिका पारित गरिने छ ।

उनका अनुसार १५ औँ महाधिवेशनका लागि पुस १० गतेभित्र नवीकरण गरिएका क्रियाशील सदस्यतालाई मान्यता दिने प्रस्ताव गरिएको छ। नयाँ क्रियाशील सदस्यता वितरण हुन नसकेका स्थानमा वडाको सिफारिसका आधारमा नयाँ सदस्यता वितरण गरी क्षेत्रीय समितिमार्फत टुंग्याउने तयारी छ।

साउदले कांग्रेसको संगठन अहिले विभाजित अवस्थामा रहेको स्वीकार गर्दै विभाजनका कारण कतिपय स्थानमा संगठनात्मक संरचना अपूर्ण रहेकाले केन्द्रीय प्रतिनिधि चयन गरी संयोजक तोकेर सम्बन्धित निकायलाई पूर्णता दिने तयारी रहेको बताए । कांग्रेसभित्रको विवाद समाधानका लागि आफूहरू पार्टीका अन्य नेताहरूसँग निरन्तर संवादमा रहेको साउदले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

एकैदिन ७ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

एकैदिन ७ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

हिमाली क्षेत्रमा बढिरहेको विपद् जोखिमलाई अब बेवास्ता गर्न सकिँदैन : एमाले प्रचार विभाग प्रमुख आचार्य

हिमाली क्षेत्रमा बढिरहेको विपद् जोखिमलाई अब बेवास्ता गर्न सकिँदैन : एमाले प्रचार विभाग प्रमुख आचार्य

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले ३५ दिनभित्र निवेदन दिनुपर्ने

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले ३५ दिनभित्र निवेदन दिनुपर्ने

उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ शुरु

उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ शुरु

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित