Logo
Logo
विविध

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले ३५ दिनभित्र निवेदन दिनुपर्ने

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ १८ गते १४:५८
३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं महानगरपालिकाभित्र बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गा प्राप्तिका लागि निवेदन दिनुपर्ने भएको छ।

भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि ३५ दिने सूचना जारी गरेको हो।

सूचनाअनुसार २०८३ भदौ १८ गतेदेखि ३५ दिनभित्र सम्बन्धित व्यक्तिले समितिले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भरी आफू बसोबास गर्दै आएको वडा कार्यालयमार्फत निवेदन पेश गर्नुपर्नेछ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्रका योग्य भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई तोकिएको समयसीमाभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन पेश गर्न आग्रह गरिएको छ।

यो सूचनामार्फत भूमि समस्या समाधान प्रक्रियामा सहभागी हुन चाहने सम्बन्धित वर्गका नागरिकलाई समयमै वडा कार्यालयमा सम्पर्क गरी निवेदन दिन महानगरपालिकाले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

निर्वाचन २५ दिन बाँकी : कसलाई भोट गर्ने भनेर गोपनीयता भंग नगर्न आग्रह

निर्वाचन २५ दिन बाँकी : कसलाई भोट गर्ने भनेर गोपनीयता भंग नगर्न आग्रह

निर्वाचन आउन २३ दिन बाँकी, ४४ जिल्लाको मतपत्र छपाइ सकियो

निर्वाचन आउन २३ दिन बाँकी, ४४ जिल्लाको मतपत्र छपाइ सकियो

बजेट अर्धवार्षिक समीक्षा : परराष्ट्र अब्बल, सहरी विकास र उद्योग सबैभन्दा कमजोर

बजेट अर्धवार्षिक समीक्षा : परराष्ट्र अब्बल, सहरी विकास र उद्योग सबैभन्दा कमजोर

मालवाहक सवारीको भार नियन्त्रणमा कडाइ, क्षमताभन्दा बढी लोड भए सडकमै झारिने नियम लागू

मालवाहक सवारीको भार नियन्त्रणमा कडाइ, क्षमताभन्दा बढी लोड भए सडकमै झारिने नियम लागू

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित