Logo
Logo

भारतमा बाढी-पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित

उत्तरी भारत र नेपालमा पछिल्ला तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ६८ जनाको मृत्यु भएको छ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १२ गते ०१:३६
४६
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ- उत्तरी भारत र नेपालमा पछिल्ला तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ६८ जनाको मृत्यु भएको छ।

भारतको सबैभन्दा बढी जनसंख्या भएको राज्य उत्तर प्रदेशमा तीन दिनयता बाढी र वर्षासम्बन्धी घटनामा ५६ जनाको मृत्यु भएको छ। राहत आयुक्तको कार्यालयका अनुसार एक हजारभन्दा बढी घरमा क्षति पुगेको छ।

यता, गत अगस्त २६ को विनाशकारी बाढीबाट प्रभावित नेपालमा पुनः बाढी र पहिरोको नयाँ शृंखला सुरु भएको छ। नेपालका विपद् व्यवस्थापन अधिकारीका अनुसार बिहीबारयता बाढी तथा पहिरोका घटनामा १२ जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता छन्।

वैज्ञानिकहरूले हालका वर्षमा दक्षिण एसियामा चरम मौसमी घटनाको आवृत्ति र तीव्रता बढ्दै गएको चेतावनी दिँदै आएका छन्। उनीहरूले यसलाई जलवायु परिवर्तन र बढ्दो तापक्रमसँग जोडेर हेरेका छन्।

गत महिना चीन–नेपाल सीमाक्षेत्रमा हिमनदीसहितको पहाड खस्दा आएको विनाशकारी बाढीमा एक हजार ४०० भन्दाबढी मानिसको मृत्यु भएको थियो भने हजारौँ बेपत्ता भएका थिए।

उत्तर प्रदेशमा जुनदेखि सेप्टेम्बरसम्म रहने मनसुनका बेला हरेक वर्ष भारी वर्षा र आँधीबेहरीका घटना दोहोरिने गर्छन्। अधिकारीका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीस्थल भागतर्फ सर्दा वर्षाको तीव्रता बढेको हो, जसका कारण अत्यधिक वर्षा भई मानवीय तथा भौतिक क्षति भएको छ।

राज्यमा शुक्रबारदेखि आइतबारसम्म ६६.५ मिलिमिटर वर्षा मापन गरिएको छ, जबकि यस अवधिको औसत वर्षा ७.६ मिलिमिटर मात्र हुने गर्दछ।

भारी वर्षाले कृषिक्षेत्रमा व्यापक असर परेको छ। बालीनालीमा क्षति पुगेपछि किसानले आगामी सिजनको खेती प्रभावित हुने चिन्ता व्यक्त गरेका छन्।

यसैबीच, भारतको पूर्वी राज्य ओडिसामा भारी वर्षाका कारण नदीहरूको जलस्तर बढेपछि तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने ७० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

पुल तथा कल्भर्टमा क्षति पुगेपछि लोकप्रिय पर्यटकीय गन्तव्य ‘देवकुण्ड’ पनि अस्थायी रूपमा बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

लामो गर्मीयामपछि मनसुन सुरु भएसँगै भारतमा हरेक वर्ष बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपद्ले ठूलो जनधनको क्षति पुर्‍याउने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

तीन दिनयता बाढीपहिरोमा गण्डकीमा १८ जनाको मृत्यु, ४ बेपत्ता

तीन दिनयता बाढीपहिरोमा गण्डकीमा १८ जनाको मृत्यु, ४ बेपत्ता

पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

मनाङमा हिमपात: २ जनाको शव भेटियो, ८ जना अझै सम्पर्कविहीन

मनाङमा हिमपात: २ जनाको शव भेटियो, ८ जना अझै सम्पर्कविहीन

बाढी–पहिरोको कहरबीच प्रधानमन्त्रीको अपिल- ‘जोखिम अझै टरेको छैन, सतर्क रहौँ, सुरक्षित रहौँ’

बाढी–पहिरोको कहरबीच प्रधानमन्त्रीको अपिल- ‘जोखिम अझै टरेको छैन, सतर्क रहौँ, सुरक्षित रहौँ’

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित