Logo
Logo

बर्खास्तीविरुद्ध श्रीधर शर्मा फेरि अदालतमा, सरकारमाथि मानहानीको आरोप

शुक्रबार उच्च अदालत पोखरामा सरकारको निर्णय बदर गर्न माग गर्दै उत्प्रेषण परमादेश र अदालतको अवहेलनासम्बन्धी गरी दुईवटा छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका हुन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २८ गते १७:००
१२९
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

पोखरा । गण्डकी प्रदेश खेलकुद परिषद्को सदस्यसचिव पदबाट बर्खास्त गर्ने प्रदेश सरकारको निर्णयविरुद्ध श्रीधर शर्मा पुनः अदालत पुगेका छन् । उनले शुक्रबार उच्च अदालत पोखरामा सरकारको निर्णय बदर गर्न माग गर्दै उत्प्रेषण परमादेश र अदालतको अवहेलनासम्बन्धी गरी दुईवटा छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका हुन् ।

खेलकुद पदक वितरणमा अनियमितता र प्रक्रियागत त्रुटि गरेको आरोप लागेपछि प्रदेश सरकारले शर्मालाई सदस्यसचिवबाट हटाउने निर्णय गरेको थियो । यसअघि गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।

समितिको सिफारिसका आधारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत १ असोजमा शर्मासँग सात दिनभित्र स्पष्टीकरण माग गरेको थियो । तर, शर्माले स्पष्टीकरण नबुझाई सरकारको उक्त निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेका थिए । सो मुद्दाको अन्तिम सुनुवाइ भने अझै हुन बाँकी छ ।

यसैबीच, गत १८ कात्तिकमा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले परिषद्का अन्य पदाधिकारी तथा सदस्यलाई यथावत् राख्दै शर्मालाई सदस्यसचिवबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । रिक्त पदमा अर्को व्यवस्था नभएसम्मका लागि मन्त्रालयको खेलकुद महाशाखा प्रमुख उपसचिव दीपेन्द्र परियारलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ ।

शर्माले यसअघि स्पष्टीकरण माग गर्ने सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमा अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा उच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । न्यायाधीशद्वय हरिप्रसाद पौडेल र ध्रुवकुमार पियाको संयुक्त इजलासले आगामी २ मंसिरमा उपस्थित हुन आदेश दिएको हो ।

तर, आफूविरुद्धको मुद्दा विचाराधीन रहेकै अवस्थामा सरकारले बर्खास्त गर्ने निर्णय गरेको भन्दै शर्मा पुनः अदालत पुगेका हुन् । उनले मन्त्रिपरिषद्को निर्णय उत्प्रेषणको आदेशले बदर गरी आफूलाई पुनः सदस्यसचिव पदमा बहाल गराउन परमादेश जारी गर्न माग गरेका छन् ।

त्यस्तै, अदालतले यसअघि सरकारसँग निर्णयसम्बन्धी सक्कल कागजात माग गरेको आदेश पालना नभएको भन्दै शर्माले अदालतको अवहेलनासम्बन्धी अर्को रिट पनि दायर गरेका छन् । गत १३ कात्तिकमा पेसी तोकिएको भए पनि विपक्षीले सक्कल कागजात पेस नगरेको उनको दाबी छ ।

शर्माले दायर गरेको रिटमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, प्रदेशका प्रमुख सचिव र नवनियुक्त सदस्यसचिव दीपेन्द्र परियारसहित आठ जनालाई विपक्षी बनाइएको छ ।

न्याय प्रशासन ऐन, २०७३ को दफा १७ मा अदालतको अवहेलनामा कारबाही चलाउन सकिने व्यवस्था छ । अदालतको कामकारबाहीमा अवरोध गरेमा वा आदेश तथा फैसलाको अवज्ञा गरेमा दोषीलाई एक वर्षसम्म कैद, १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ ।

त्यस्तै, नेपालको संविधानको धारा १३९ (२) ले पनि उच्च अदालतलाई आफ्नो तथा मातहतका अदालतको न्याय सम्पादनमा अवरोध गर्ने वा आदेश तथा फैसलाको अवज्ञा गर्नेविरुद्ध कानुनबमोजिम अवहेलनामा कारबाही चलाउने अधिकार दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

एनपीएलको प्लेअफ समीकरण पूरा, लुम्बिनीसँग पराजित विराटनगर बाहिरियो

एनपीएलको प्लेअफ समीकरण पूरा, लुम्बिनीसँग पराजित विराटनगर बाहिरियो

ओलीको टिप्पणी : ‘पुलिस धेरै उत्ताउलिएको थियो, अहिले दुई भागमा विभाजित भएको छ’

ओलीको टिप्पणी : ‘पुलिस धेरै उत्ताउलिएको थियो, अहिले दुई भागमा विभाजित भएको छ’

‘जनताको आशा र भरोसामाथि तुषारापात हुन दिँदैनौँ’ : रवि  लामिछाने

‘जनताको आशा र भरोसामाथि तुषारापात हुन दिँदैनौँ’ : रवि लामिछाने

टस जितेर विराटनगरविरुद्ध पहिले बलिङ गर्दै लुम्बिनी

टस जितेर विराटनगरविरुद्ध पहिले बलिङ गर्दै लुम्बिनी

आगामी निर्वाचन एमालेका लागि अनुकूल छ : केपी ओली

आगामी निर्वाचन एमालेका लागि अनुकूल छ : केपी ओली

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित