Logo
Logo
समाचार

आगामी निर्वाचन एमालेका लागि अनुकूल छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन एमालेका लागि विगतको तुलनामा अनुकूल बन्दै गएको बताएका छन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २८ गते २१:४२
४१
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन एमालेका लागि विगतको तुलनामा अनुकूल बन्दै गएको बताएका छन् ।

नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रतिनिधिसभाको निर्वाचनको तुलनामा आगामी निर्वाचनमा एमालेका लागि अनुकूल वातावरण बनेको बताएका हुन् ।

उनले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारीमा गम्भीर भएर लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए । स्थानीय तह र प्रदेशसभा निर्वाचन केवल सरकार गठनमा मात्र सीमित नभई राष्ट्रियसभा तथा राष्ट्रपति निर्वाचनसँग समेत जोडिएको उनको भनाइ थियो ।

ओलीले स्थानीय तह निर्वाचनले राष्ट्रियसभा निर्वाचनका लागि मतदाता तयार गर्ने उल्लेख गरे । स्थानीय तहका प्रमुख तथा उपप्रमुख राष्ट्रियसभा निर्वाचनका मतदाता हुने भएकाले स्थानीय तहको निर्वाचनको परिणाम राष्ट्रियसभा गठनका दृष्टिले समेत महत्वपूर्ण हुने उनले बताए ।

त्यस्तै, प्रदेशसभा निर्वाचनले प्रदेश सरकार गठन, स्रोतसाधन परिचालन र विकास निर्माणका साथै राष्ट्रियसभा निर्वाचनका लागि मतभार भएका मतदाता चयन गर्ने उनले उल्लेख गरे । प्रदेशसभा सदस्यहरू राष्ट्रपति निर्वाचनका मतदाता समेत हुने भएकाले आगामी निर्वाचनहरू एकअर्कासँग अन्तरसम्बन्धित रहेको उनको भनाइ थियो ।

उनले आगामी दिनमा हुने स्थानीय तह, प्रदेशसभा, राष्ट्रियसभा तथा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनलाई रणनीतिक महत्वका साथ लिनुपर्ने बताए । स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर संगठन निर्माणमा जुट्न कार्यकर्तालाई निर्देशन दिँदै उनले पार्टीभित्रको एकतामा जोड दिए ।

कार्यकर्ताबीच एकता नहुँदा एमालेले निर्वाचनमा धक्का व्यहोर्नुपरेको उल्लेख गर्दै ओलीले निर्वाचनमा असहयोग गर्नेहरूलाई वडा तहबाटै कारबाही गर्नुपर्ने बताए ।

उनले गत फागुनमा भएको निर्वाचन भदौ २३ र २४ गतेको अराजकतालाई वैधानिकता दिन राज्यशक्तिको दुरुपयोग गरेर गराइएको आरोपसमेत लगाए । उक्त निर्वाचनमा राज्यशक्तिको प्रयोग गरी शान्तिपूर्ण रूपमा बुथ कब्जा गरिएको उनको दाबी थियो ।

आगामी निर्वाचनका लागि एमाले अनुकूल वातावरण बनेको दाबी गरेका ओलीले सरकारको कार्यशैली भने अझै स्वेच्छाचारी रहेको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित