Logo
Logo
समाचार

ओलीको टिप्पणी : ‘पुलिस धेरै उत्ताउलिएको थियो, अहिले दुई भागमा विभाजित भएको छ’

उनले भने, ‘पुलिस धेरै उत्ताउलिएको थियो । किन उत्ताउलिएको हो ? के पाउँथ्यो ? के पायो अहिले ? अहिले पुलिस दुई भागमा बाँडिएको छ । एउटा मार खानेमा परेका छन्, अर्को हेरेर बस्नेमा परेका छन् । खुशी हुनेहरूले भोलि मार खान्छन्, फेरि । त्यही हो ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २९ गते ०१:३२
७
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी संगठन अहिले दुई भागमा विभाजन भएको टिप्पणी गरेका छन्। नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा उनले प्रहरी अहिले सरकारबाट मार खाने र हेरेर बस्ने गरी दुई भागमा विभाजित भएको बताएका हुन् । 

उनले अहिले सरकारले प्रहरी संगठनमाथी अनावश्यक हस्तक्षेप गरेको पनि बताए । प्रहरीसँगै सरकारको कार्यशैलीप्रति कर्मचारी, उद्यमी तथा व्यवसायीसमेत सन्तुष्ट हुन नसकेको उनको भनाई छ । 

सरकारले राजनीतिक पूर्वाग्रह राखेर काम गरिरहेको उहाँले बताए। उनले सरकार बनेकै दिन आफूलाई पक्राउ गरेर प्रतिशोध साँधेको आरोप लगाए । आफ्नो गिरफ्तारीविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका एमाले नेता तथा कार्यकर्तामाथि प्रहरीले निर्मम बल प्रयोग गरेको उनको दाबी थियो । 

उनले प्रहरी संगठनको सेवा, सुविधा, पोसाक र कार्य वातावरण सुधारमा एमाले नेतृत्वको योगदान रहेपनि प्रहरीको व्यवहार देखेर आफूलाई आश्चर्यचकित बनाएको बताए ।

उनले भने, ‘पुलिस धेरै उत्ताउलिएको थियो । किन उत्ताउलिएको हो ? के पाउँथ्यो ? के पायो अहिले ? अहिले पुलिस दुई भागमा बाँडिएको छ । एउटा मार खानेमा परेका छन्, अर्को हेरेर बस्नेमा परेका छन् । खुशी हुनेहरूले भोलि मार खान्छन्, फेरि । त्यही हो । कर्मचारीहरूको त्यस्तै छ । एक पल्ट कर्मचारीलाई दसैँ आएजस्तो भयो, अब बल्ल चेत आउँदै छ । एक पल्ट उद्यमी, व्यवसायीहरू एक तालले लिएर भज मन गोविन्दम् जस्तो गर्दै गएका थिए । पछि तिनीहरूलाई सम्पत्ति शुद्धीकरण छानबिन भनेर थाल्यो, तमासा, कहिले के निस्किन्छ, कहिले के निस्किन्छ, अहिले एउटा के बाबु निस्किया छ, ईनम सापकोटा । इनम भन्ने एउटा बाबु फेरि त्यो कताबाट निकालेर नचाइराखेका छन्, त्यो के नचाएको हो, त्यो बुझ्दिनँ । इनम सापकोटा भन्ने नचाएका छन् । अनि इनम सापकोटा जताबाट हेर्‍यो, त्यो उनकै सम्पर्क, सम्बन्ध, कारोबारी, बिचौलिया जे देखिन्छ । यो के का विरुद्ध अब यही दानबहादुरमा सिद्धियो इनम कि अरू कुरामा पनि काम लाग्छ थाहा छैन ।’

उनले बिचौलिया इनम सापकोटाको सम्बन्धका बारेमा पनि प्रश्न उठाए । सरकारले आफैँले ईनमलाई बिचौलियाको रूपमा प्रयोग गरेको उनको भनाई छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित