बाढीका कारण ३ खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान

काठमाडौं - सरकारले रसुवाको भोटेकोशी नदी यही भदौ १० गते गएको बाढीका कारण करिब चार खर्बको क्षति भएको अनुमान गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार राजधानीमा आयोजना गरेको नियमित ब्रिफिङमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले प्रारम्भिक अनुमानअनुसार तीन खर्ब ८७ अर्ब ५४ करोडको क्षति भएको जानकारी दिए।
विस्तृत विवरण आउन बाँकी रहेको उनको भनाइ छ। साथै चार महिनामा विभिन्न क्षेत्रको प्रारम्भिक पुनः स्थापनाका लागि सात अर्ब ९५ करोड आवश्यक भएको प्रारम्भिक अनुमान रहेको उनको भनाइ छ।
‘प्रारम्भिक क्षेत्रमा भवन, बस्ती, सञ्चार, स्वास्थ्य, पोषण, शिक्षा, कृषि तथा पशु र ऊर्जालगायतको क्षेत्रको पुनः स्थापनाका लागि उक्त रकम खर्च हुने अनुमान छ’, उनले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
सिफारिस

माथिल्लो त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको सकुशल उद्धार

अब बिपी राजमार्गमा मालवाहक गाडी राति मात्र चल्न पाउने

त्रिशूली–३ ‘ए’ को सुरुङभित्र जीवितै भेटिने आशा: भित्रबाट मानिस बोलेको आवाज आएको सांसद न्यौपानेको दाबी

डुम्रे-बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै

