Logo
Logo
समाज

त्रिशूली–३ ‘ए’ को सुरुङभित्र जीवितै भेटिने आशा: भित्रबाट मानिस बोलेको आवाज आएको सांसद न्यौपानेको दाबी

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ १९ गते १२:५०
४
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ (टनेल) भित्रबाट मानिसको आवाज सुनिएको छ।

उद्धारस्थलमा प्राविधिक भूमिकामा खटिनुभएका प्रतिनिधिसभा सदस्य एवम् इन्जिनियर श्रीराम न्यौपानेका अनुसार सुरुङभित्र प्रवेश गरेको नेपाली सेनाको टोलीले भित्रबाट मानिस बोलेको आवाज आएको जानकारी गराएको हो। सुरुङभित्र अड्किएका कामदार तथा प्राविधिकहरूको जीवितै उद्धार हुने यो निकै आशाजनक संकेत भएको उनले बताए।

हाल नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोली सुरुङभित्र प्रवेश गरी थप अगाडि बढ्दै खोज तथा उद्धार कार्यलाई तीव्र पारिरहेको छ।

इन्जिनियरको हैसियतमा साइटमै रहेर खोज कार्यको नेतृत्व गरिरहेका सांसद न्यौपानेले भने, “हिजो साँझसम्म इन्जिनियरको भूमिकामा साइटमै रहेर उद्धार कार्यमा संलग्न थिएँ। अब सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुरसम्म पुग्ने र त्यसपछि गाडीमार्फत काठमाडौं फर्कने तयारीमा छु।”

उनले उद्धारमा दिनरात खटिने नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोली र सम्पूर्ण उद्धारकर्मीहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दै छिट्टै सबैको सकुशल उद्धारको सुखद खबर सुन्न पाइने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक(तालिकासहित)

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक(तालिकासहित)

प्रतिनिधि सभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट

प्रतिनिधि सभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट

६ दलले पाए राष्ट्रिय दलको मान्यता

६ दलले पाए राष्ट्रिय दलको मान्यता

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित