माथिल्लो त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको सकुशल उद्धार

काठमाडौं — माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कविर महर्जनको पनि सकुशल उद्धार गरिएको छ।
यससँगै हालसम्म सुरुङभित्रबाट दुई जनाको उद्धार भएको छ। यसअघि सञ्जय साहको उद्धार गरिएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदसमेत रहेका इन्जिनियर श्रीराम न्यौपानेले सुरुङभित्र फसेका दुई जनाको सकुशल उद्धार गरिएको जानकारी दिएका छन्।
उद्धार गरिएका सञ्जय साह मेकानिकल फोरम्यान र कविर महर्जन मेकानिकल सुपरभाइजर रहेको बताइएको छ।
उद्धार गरिएका दुवै जनालाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ। सुरुङभित्र अझै अन्य व्यक्ति फसेको हुनसक्ने भएकाले नेपाली सेना, सशस्त्र प्रहरी तथा प्राविधिक टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




