Logo
Logo

ओली झनै आक्रामकः आफैँ चलाए बैठक, कर्ण थापाको प्रतिवेदन पेश गर्न रोके

कसैलाई बोल्न नदिइ बैठक स्थगन, प्रतिवाद गर्दै बैठक छोडेर हिँडे कृष्णगोपाल

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन ५ गते २३:३७
४
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली आज बसेको केन्द्रीय समिति बैठकमा ‘एकमना’ शैलीमा प्रस्तुत भएका छन् । आफैँ बैठक चलाएका उनले अरुलाई बोल्न नदिइ बैठक स्थगन गरिदिए ।

एमालेमा महासचिवले बैठक सञ्चालन गर्ने परिपाटी रहेको छ । यसअघि अध्यक्षले सुरुमा बोल्ने र त्यसपछि महासचिवलाई बैठक चलाउन जिम्मा दिने प्रचलन थियो । यद्यपि २०८२ भदौमा भएको एमालेको दोस्रो विधान महाधिवेशनबाट पारित संशोधित विधानमा बैठक चलाउने अधिकार अध्यक्षलाई दिइएको छ । यसको अभ्यास ओलीले आज गरेका हुन् ।

ओलीले बैठकको अध्यक्षता गर्नुका साथै सञ्चालन पनि आफैँले गरे । सुरूमा उनले बोल्दा केहीबेर सञ्चारकर्मीलाई भित्र छिराइएको थियो । यहीबीच केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले उठेर महासचिवलाई बैठक चलाउन दिनुपर्ने माग गरे । ओलीले विधान हेर्न भन्दै उनलाई बस्न आदेश दिए । त्यसपछि श्रेष्ठले निकैबेर प्रतिवाद गरेका थिए । उनले ‘पार्टी तपाईंको निजी कम्पनी हो ?’ भन्दै ओलीमाथि धावा बोले ।

Oवादविवाद भएपछि पत्रकारहरुलाई बाहिर निकालिएको थियो । पत्रकार निस्किएपछि श्रेष्ठले दोस्रोपटक पनि उठेर महासचिवलाई बैठक चलाउन दिनुपर्ने माग राखे । तर, ओलीले कुनै सुनवाइ नगरेपछि श्रेष्ठ बैठक छोडैर निस्किएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

ओलीले आफ्नो राजनीतिक प्रतिवेदन वाचन गरे, जसको अन्तर्य पार्टीको नेतृत्व कुनै हालतमा छाड्दिनँ भन्ने थियो । त्यसपछि केही अनौपचारिक कुरा गरेर उनले बैठक आजलाई स्थगित भएको बताए ।

स्रोतका अनुसार केन्द्रीय सदस्य कर्ण थापाले आफूले पनि राजनीतिक प्रतिवेदन बनाएको भन्दै पेश गर्न अनुमति मागेका थिए । तर ओलीले अनुमति दिएनन् । ‘त्यो म हेर्छु तपाईँ अहिले बस्नुस्’ भन्दै पन्छाइदिएका छन् ।

भोलि बिहान केन्द्रीय समिति बैठक बोलाइएको छ । तर, आजको बैठकमा ओलीको प्रस्तुतिबाट पुनर्गठन पक्षधर केन्द्रीय सदस्यहरू निराश छन् ।

विरोधी खेमाका एक केन्द्रीय सदस्यले भने, ‘उहाँ सुध्रिने कुनै पनि संकेत देखिएन । बरु पहिलेभन्दा पनि हठी र उग्र देखिनुभयो । पार्टीलाई यो अवस्थामा ल्याइपुर्‍याएकोमा उहाँलाई कुनै पनि आत्मग्लानी छैन । उल्टै अरुलाई सुध्रिन उपदेश दिएर हिँड्नुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

अर्थमन्त्रीको सचिवालयले भन्यो : ‘विद्युत् महसुलको भ्याटबारे ‘सैद्धान्तिक सहमति’ भएको प्रचार गलत’

अर्थमन्त्रीको सचिवालयले भन्यो : ‘विद्युत् महसुलको भ्याटबारे ‘सैद्धान्तिक सहमति’ भएको प्रचार गलत’

भोटेकोशी बाढी प्रभावितलाई भाडामा बस्न मासिक १५ हजार, ठूलो परिवारलाई थप रकम

भोटेकोशी बाढी प्रभावितलाई भाडामा बस्न मासिक १५ हजार, ठूलो परिवारलाई थप रकम

तीन अवस्थाबाहेक पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश

तीन अवस्थाबाहेक पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन प्राधिकरणको आग्रह

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन प्राधिकरणको आग्रह

दसैँको अग्रिम टिकट बुकिङ मौसमको अवस्था हेरेरमात्र खुला गरिने

दसैँको अग्रिम टिकट बुकिङ मौसमको अवस्था हेरेरमात्र खुला गरिने

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित