Logo
Logo

गोसाइँकुण्ड र लाङटाङमा पर्यटकको चहलपहल बढ्दो

भोटेकोशी बाढीपछि लामो समय सुनसानजस्तै रहेको विश्वमै लोकप्रिय रहेको पर्यटकीय गन्तव्य लाङटाङ तथा धार्मिक क्षेत्र गोसाइँकुण्डमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १८ गते १९:४८
४३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

रसुवा । भोटेकोशी बाढीपछि लामो समय सुनसानजस्तै रहेको विश्वमै लोकप्रिय रहेको पर्यटकीय गन्तव्य लाङटाङ तथा धार्मिक क्षेत्र गोसाइँकुण्डमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ ।  

गत भदौ १० गतेको बाढीका कारण करिब दुई महिना ठप्पजस्तै रहेका सडक तथा पदमार्गको सुधारसँगै यस क्षेत्रको पर्यटन विस्तारै लयमा फर्कन लागेको हो ।

लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार बाढीका कारण दुई महिनासम्म पर्यटकीय गतिविधि पूर्ण रूपमा प्रभावित भएकामा बेत्रावतीमा बेलिब्रिज निर्माण भई सडक सञ्जाल पुनः जोडिएपछि पर्यटकको आगमन विस्तारै वृद्धि हुन थालेको छ ।

पर्यटन तथा होटल व्यवसायी संघ रसुवाका अध्यक्ष विशाल घलेका अनुसार अहिले लाङटाङ र गोसाइँकुण्ड क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउने जाने क्रम उत्साहजनक रूपमा सुरु भएको छ । बाढीले केही समय पदमार्ग र सडकमा अवरोध पुर्‍याए पनि हाल मार्ग सहज तुल्याइएकाले पर्यटक निर्धक्क भएर गन्तव्यतर्फ लागिरहेका छन् ।

गोसाइँकुण्ड मार्गमा होटल सञ्चालन गरिरहेका व्यवसायी पासाङ ध्युमीले बाटो खुलेपछि धार्मिक तथा प्राकृतिक रूपमा महत्त्वपूर्ण मानिने गोसाइँकुण्ड पुग्ने पर्यटकको चहलपहलले व्यवसायीमा ठूलो आशा जगाएको प्रतिक्रिया दिए।

त्यस क्षेत्रको अवलोकन भ्रमणमा पुगेका पर्यटकले अरूबाट सुनेको भन्दा आफैँ यहाँ आइपुग्दा निकै रमाइलो र सुरक्षित लागेको प्रतिक्रिया दिएका छन् ।

लाङटाङ घुम्न गएका नुवाकोट, नर्जाका शारदा खनाल र उनका छोराले बाटो सहज रहेको बताए। उहाँहरूले भने, “बाढीका कारण बाटो अप्ठ्यारो होला कि भन्ने डर थियो, तर बाटो सहजै रहेछ । हामीले ढुक्कसँग प्रकृतिसँग रमाएर यात्रा पूरा गर्यौँ ।”

लाङटाङका स्थानीय होटल व्यवसायी निमा लामाले पनि आन्तरिक तथा बाह्य पर्यटकहरू विस्तारै आउन थालेकामा खुसी व्यक्त गरे। लामो समयको अन्तरालपछि पर्यटक देखिन थालेकाले अबका दिनमा आफ्नो व्यवसाय पनि चलायमान हुनेमा विश्वस्त रहेको धारणा व्यक्त गरे । 

शरद ऋतुको पर्यटकीय याम सुरु भएको तथा मौसममा आएको सुधारसँगै जिल्लाका विभिन्न पर्यटकीयस्थलमा पर्यटक भित्रिने क्रम बढेको छ । 

मानव बस्तीनजिकै रहेको हिमनदी र लाङटाङको क्याङजेन क्षेत्रको मनोरम दृश्यले त्यहाँ अवलोकन गर्न पुग्ने जोकोही पर्यटकलाई आकर्षित गरिरहेको छ । त्यस क्षेत्रमा पर्यटकको चहलपहल बढेपछि स्थानीय व्यवसायीमा नयाँ उत्साह थपिएको पर्यटन व्यवसायी डिण्डुप तामाङको भनाइ छ ।

पछिल्लो समय त्यस क्षेत्रको पदयात्रा नवयुवा पुस्ताको आकर्षणको केन्द्र बनिरहेको छ । संघका अनुसार हाल दैनिक रूपमा  आन्तरिक तथा बाह्य पर्यटक गोसाइँकुण्ड र लाङटाङ पुग्ने क्रम बढ्दो छ । क्यान्जिन क्षेत्रका होटल व्यवसायी ग्याल्बु तामाङका अनुसार केही समयको सुस्ताएको पदमार्ग सुरक्षित भएसँगै रसुवाको पर्यटन उद्योगले नयाँ गति लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

बर्खास्त आईजीपी दानबहादुर कार्की सर्वोच्च जानेबारे परामर्शमा

बर्खास्त आईजीपी दानबहादुर कार्की सर्वोच्च जानेबारे परामर्शमा

प्रहरी महानिरीक्षकमा मनोज केसीलाई नियुक्त गर्ने निर्णय, कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

प्रहरी महानिरीक्षकमा मनोज केसीलाई नियुक्त गर्ने निर्णय, कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

पार्टीबारे फैलाइएका भ्रम र अफवाहको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्छ : विद्यादेवी भण्डारी

पार्टीबारे फैलाइएका भ्रम र अफवाहको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्छ : विद्यादेवी भण्डारी

कन्सासमा ऐतिहासिक नतिजा : झन्डै एक शताब्दीमा पहिलो पटक डेमोक्र्याटिक सिनेटर निर्वाचित

कन्सासमा ऐतिहासिक नतिजा : झन्डै एक शताब्दीमा पहिलो पटक डेमोक्र्याटिक सिनेटर निर्वाचित

मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित