Logo
Logo
समाचार

कन्सासमा ऐतिहासिक नतिजा : झन्डै एक शताब्दीमा पहिलो पटक डेमोक्र्याटिक सिनेटर निर्वाचित

कडा प्रतिस्पर्धाबीच ह्यामिल्टनले बहालवाला रिपब्लिकन सिनेटर रोजर मार्सललाई पराजित गरेका हुन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १८ गते १८:०७
३०
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

कन्सास । अमेरिकाको कन्सास राज्यबाट झन्डै एक शताब्दी लामो इतिहास तोड्दै डेमोक्र्याटिक पार्टीका एडम ह्यामिल्टन अमेरिकी सिनेटमा निर्वाचित भएका छन् । कडा प्रतिस्पर्धाबीच ह्यामिल्टनले बहालवाला रिपब्लिकन सिनेटर रोजर मार्सललाई पराजित गरेका हुन् ।

अमेरिकी सिनेटको नियन्त्रण कसको हातमा पुग्छ भन्ने सन्दर्भमा यो चुनावी प्रतिस्पर्धालाई अत्यन्तै महत्त्वपूर्ण र निर्णायक मानिएको थियो । रिपब्लिकन पार्टीको बलियो पकड रहँदै आएको कन्सासमा ह्यामिल्टनको यो विजयले राजनीतिक विश्लेषकहरूलाई चकित पारेको छ । कन्सासमा सन् १९३२ यता कुनै पनि डेमोक्र्याटिक उम्मेदवारले सिनेट सिट जित्न सकेका थिएनन् ।

अमेरिकाकै सबैभन्दा ठूलो युनाइटेड मेथोडिस्ट चर्चका संस्थापक तथा पादरी समेत रहेका ह्यामिल्टनले आफ्नो चुनावी अभियानमा धार्मिक आस्थाका साथै सर्वसाधारणको जीवनयापन र महँगीका मुद्दालाई प्रमुखताका साथ उठाएका थिए । अन्य ग्रामीण राज्यहरूजस्तै कन्सासमा पनि डिजेल तथा इन्धनको उच्च मूल्यवृद्धिका कारण कृषि र यातायात क्षेत्र नराम्ररी प्रभावित भएको थियो ।

चुवावी संघारमा ह्यामिल्टनले भनेका थिए, ‘हामीलाई सधैं राजनीति वा धर्मका विषयमा कुरा नगर्न भनिन्छ, तर यो पटक हामी हाम्रो लोकतन्त्र जोगाउने प्रयास गरिरहेका छौं । आउँदा दुई वर्ष हाम्रो देशका लागि निकै महत्त्वपूर्ण हुनेछन् ।’

ट्रम्पका कट्टर समर्थक मार्सलको पराजय

पराजित भएका रिपब्लिकन उम्मेदवार रोजर मार्सल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक हुन् । मार्सलको चुनावी अभियानमा राष्ट्रपति ट्रम्प आफैंले पनि सभाहरू गरेका थिए । पेशाले चिकित्सक रहेका मार्सलले चुनावी अभियानका क्रममा ग्रामीण स्वास्थ्य सेवा विस्तार र कृषिक्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । तर, ट्रम्पको बजेट कटौतीको पक्षमा मतदान गरेको, महामारीका बेला मास्क अनिवार्य गर्ने नियमको विरोध गरेको तथा विवादित स्वास्थ्य नीतिहरूको समर्थन गरेको विषयलाई लिएर उनी आलोचित बनेका थिए ।

यसका साथै, चिकित्सकका रूपमा कार्यरत रहँदा उनले औषधोपचार खर्च (ऋण) नतिरेको भन्दै आफ्नै करिब ७०० पूर्व बिरामीहरूमाथि मुद्दा हालेको खुलासा ‘द न्यूयोर्क टाइम्स’ले गरेपछि मार्सलको अभियान थप संकटमा परेको थियो । ह्यामिल्टन पक्षले यसलाई चुनावी विज्ञापनमा प्रमुखताका साथ उठाएको थियो ।

इतिहासकै सबैभन्दा महँगो चुनाव

एसोसिएटेड प्रेसका अनुसार यो प्रतिस्पर्धा कन्सास राज्यको इतिहासकै सबैभन्दा महँगो चुनावी प्रतिस्पर्धा बनेको छ । यस चुनावमा कुल ११० मिलियन अमेरिकी डलर (करिब ११ करोड डलर) खर्च भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित