Logo
Logo
समाचार

युरोपमा सैन्य आक्रमण रोक्न पुटिनलाई ट्रम्पको आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युरोपभरि सैन्य आक्रमण रोक्न आग्रह गरेको बताएका छन्

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर ११ गते १५:३८
१७
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

संयुक्त राज्य अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युरोपभरि सैन्य आक्रमण रोक्न आग्रह गरेको बताएका छन् । उनले गत साता चीनमा भएको भेटका क्रममा पुटिनसँग यस विषयमा छलफल गरेको र यसले युक्रेन युद्ध अन्त्य गर्ने सम्झौताका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । 

ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा रुस र युक्रेनबीच चाँडै सम्झौता हुन सक्ने बलियो सम्भावना रहेको बताए । यद्यपि, उनले कुन भूभागमा सैन्य आक्रमण रोक्ने भन्ने स्पष्ट पारेका छैनन् । विशेषगरी, सन् २०२२ को फेब्रुअरीमा रुसले आक्रमण गरेको युक्रेनको नाम उल्लेख गरेका छैनन् । 

फ्लोरिडामा नेटो महासचिव मार्क रुटसँगको भेटपछि ट्रम्पको पछिल्लो अभिव्यक्ति आएको हो । दुवै नेताले रुसलाई युक्रेन युद्ध विस्तार नगर्न आग्रह गर्दै संयुक्त वक्तव्य जारी गरेको थियो ।  गत साता नेटो सदस्य पोल्यान्डमा तीनवटा रुसी क्रुज क्षेप्यास्त्र खसेपछि युरोपेली राष्ट्रहरू रुसी गतिविधिप्रति थप चिन्तित बनेका छन् ।

ट्रम्पले रुसभित्र गहिरो क्षेत्रमा युक्रेनले गरेको आक्रमणको आलोचना गरेको भए पनि किएभलाई संयम अपनाउन आग्रह गरेका छैनन् । उनले युक्रेनलाई ज्याभलिन क्षेप्यास्त्र बिक्री गर्न आफ्नो पहिलो कार्यकालमा स्वीकृति दिएको स्मरण गर्दै त्यसले रुसी आक्रमणबाट युक्रेनलाई जोगाउन सहयोग गरेको दाबी गरेका छन् ।

यसैबीच, ट्रम्पका ज्वाइँ तथा युक्रेन युद्धका लागि अमेरिकी दूत जारेड कुसनर र उनका व्यापारिक मित्र स्टिभ विटकफमाथि मस्कोको पक्ष लिएको आरोप लाग्दै आएको छ ।

कुसनरले बुधबार जर्मन एमडी मिट्स पोडकास्टसँगको अन्तर्वार्तामा पुटिनले आणविक हतियार प्रयोग नगर्ने सहमति जनाएर संयम देखाइसकेको बताए । उनले युक्रेन द्वन्द्वलाई युरोपले रुसविरुद्ध युक्रेनलाई आर्थिक सहयोग र हतियार उपलब्ध गराइरहेको प्रोक्सी युद्धका रूपमा वर्णन गरे । 

पूर्वी युक्रेनका भूभागको विषयमा पुटिनसँगको वार्ता गतिरोधमा रहेको कुसनरले स्वीकार गए । उनले युद्ध थप चर्किन सक्ने चेतावनी दिँदै द्वन्द्व व्यापक रूपमा विस्तार हुन धेरै गलत आकलन आवश्यक नपर्ने बताए।

ट्रम्पले अर्को महिना मियामीमा हुने जी-२० शिखर सम्मेलनमा पुटिन सहभागी हुने वा नहुने निश्चित नभएको बताउँदै उनी आउन चाहेमा स्वागत गरिने स्पष्ट पारेका छन् । गत साता चीनको सेन्जेनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा ट्रम्पले पुटिनलाई मित्रका रूपमा स्वागत गरेका थिए ।  यसले युक्रेन र युरोपेली राजधानीहरूमा ट्रम्प पुनः रुसतर्फ झुकेको चिन्ता बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित