Logo
Logo
समाचार

युएईविरुद्ध नेपाली स्पिनर हाबी, जितका लागि १२२ रनको लक्ष्य

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर ६ गते २१:१०
१२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ ,मंसिर ०६। एसीसी राइजिङ स्टार्स कपको दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई १२१ रनमा समेटेको छ। नेपाली स्पिनरहरूको प्रभावकारी बलिङका कारण यूएईले ३९.५ ओभरमा सबै विकेट गुमाएपछि नेपालले जितका लागि १२२ रनको लक्ष्य पाएको हो।

नेपालका कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले तीन-तीन विकेट लिए। सन्दीपले आफ्नो १० ओभरको बलिङमा ११ रन मात्र खर्चिए। युएईविरुद्ध नेपालले पाँच जना स्पिनरलाई बलिङमा प्रयोग गरेको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको यूएईले सुरुवाती ११ रन जोड्दा दुई विकेट गुमाएको थियो। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो खेल खेलेका रसिद खानले आर्यान्स शर्मालाई ८ रनमा आउट गरे। अंश टन्डन १ रन बनाएर रनआउट भए।

सुरुवाती दबाबपछि हरप्रित सिंह र मुहम्मद सेहदादले तेस्रो विकेटका लागि ६३ रनको साझेदारी गर्दै युएईको पारी सम्हालेका थिए। उक्त साझेदारी सन्दीपले तोडेपछि यूएईले नियमित अन्तरालमा विकेट गुमायो।

यूएईका लागि सेहदादले सर्वाधिक ४० रन बनाए भने हरप्रितले ३२ रनको योगदान दिए। अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। टोलीका आठ खेलाडी दोहोरो अङ्कमा पुग्न सकेनन्।

नेपालको बलिङमा स्पिन आक्रमण निर्णायक देखिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित