Logo
Logo
समाचार

युद्ध अन्त्य गर्ने अमेरिकी योजनामा इरानले जवाफ दिने

तेहरानमा बिहीबार आयोजित अन्त्येष्टि समारोहका क्रममा उनले वार्ता जारी रहेको र तेहरान तथा वासिङ्टनले मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान गरिरहेको जानकारी दिए ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन २३ गते २२:३९
२००
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । सात दिनभित्र युद्ध अन्त्य गर्ने र हर्मुज जलघाँटी पुनः खोल्ने प्रस्तावमा अमेरिकाले दिएको प्रतिक्रियाको समीक्षा गरिरहेको जनाएको छ । इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले आगामी केही दिनभित्र अमेरिकी विचारको जवाफ दिने बताएका छन् ।

तेहरानमा बिहीबार आयोजित अन्त्येष्टि समारोहका क्रममा उनले वार्ता जारी रहेको र तेहरान तथा वासिङ्टनले मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान गरिरहेको जानकारी दिए । इरानले आफ्नो सातदिने योजनासम्बन्धी अमेरिकी धारणा प्राप्त गरिसकेको र त्यसको समीक्षा भइरहेको उनले बताए।

इरानले सेप्टेम्बर २२ मा न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रका अवसरमा मध्यस्थकर्तामार्फत अमेरिका समक्ष युद्ध अन्त्य गर्ने र हर्मुज जलघाँटी पुनः खोल्ने योजना प्रस्तुत गरेको थियो । उक्त योजनाअनुसार अमेरिकाले इरानका सर्त स्वीकार गरेमा सात दिनभित्र युद्ध अन्त्य गरी जलमार्ग पुनः खोल्ने प्रस्ताव गरिएको थियो ।

इरानी अधिकारीहरूले लेबनानसहित सबै मोर्चामा युद्ध अन्त्य गर्नु र हर्मुज जलघाँटी पुनः खोल्नु नै जारी कूटनीतिक प्रक्रियाको मुख्य उद्देश्य रहेको बताउँदै आएका छन् ।

यद्यपि, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सोमबार रोयटर्ससँगको अन्तर्वार्तामा युद्ध अन्त्यका लागि इरानले आफ्नो आणविक संवर्धन क्षमतामा अर्थपूर्ण कटौती गर्नुपर्ने बताएका थिए । उनले इरानले अमेरिकी माग पूरा गर्नुपर्ने धारणा राखेका थिए ।

यसको जवाफमा इरानको आणविक ऊर्जा संगठनका अध्यक्ष मोहम्मद एस्लामीले बिहीबार युरेनियम संवर्द्धन आणविक उद्योगको अभिन्न अंग भएको बताए। अमेरिकी धम्की र सैन्य कारबाहीका बाबजुद इरान आफ्नो अडानबाट पछि नहट्ने उनले स्पष्ट पारे ।

इरानको आणविक कार्यक्रम अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सुरक्षा सम्झौता तथा आणविक हतियार अप्रसारसम्बन्धी सन्धिअनुरूप रहेको दाबी पनि एस्लामीले गरे ।

गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरानसहित इरानका विभिन्न सहरमा संयुक्त आक्रमण सुरु गरेका थिए । त्यसको जवाफमा इरानले इजरायल तथा यस क्षेत्रका अमेरिकी सैन्य अखडा र सम्पत्तिलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको थियो। त्यससँगै इरानले हर्मुज जलघाँटीमा आफ्नो नियन्त्रण थप कडा बनाएको थियो ।

युद्धरत पक्षबीच अप्रिल ८ मा युद्धविराम भएको थियो । त्यसपछि जुन १८ मा इरान र अमेरिकाले सबै मोर्चामा युद्ध अन्त्य गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । उक्त समझदारीअनुसार अन्तिम सम्झौतामा पुग्न दुवै देशले अगस्ट १७ मा समाप्त हुने ६० दिनको अवधिभित्र वार्ता गर्ने सहमति गरेका थिए । तर, तनाव बढ्दै गएपछि दुवै पक्षले वार्तामा उल्लेखनीय प्रगति गर्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित