Logo
Logo
समाचार

यु-१९ महिला क्रिकेट: नेपालले हङकङलाई ९२ रनले हरायो

चीनको ताइचाङस्थित साक्सी टाउन क्रिकेट सेन्टरमा आज भएको खेलमा नेपाली महिला टोलीले हङकङलाई ९२ रनले पराजित गर्दै जित हासिल गरेको हो ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १९ गते १८:५५
८
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ  । यु-१९ महिला बेल्ट एण्ड रोड सिरिजअन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई पराजित गर्दै जित हासिल गरेको छ । 

चीनको ताइचाङस्थित साक्सी टाउन क्रिकेट सेन्टरमा आज भएको खेलमा नेपाली महिला टोलीले हङकङलाई ९२ रनले पराजित गर्दै जित हासिल गरेको हो । 

नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हङकङ १८ ओभरमा सबै विकेट गुमाउँदै ५४ रनमै अलआउट भयो । हङकङका लागि वान तुङ सोले सर्वाधिक १२ रन बनाइन् । त्यस्तै मान केइ लेउङले पनि १२ रन नै जोडिन् । नेपालकी मनिषा चौधरी र रचना चौधरीले समान ३/३ विकेट लिइन् । 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रन बनाएको थियो । नेपालका लागि सोनु पाख्रिनले सर्वाधिक ४४ रन बनाइन् । 

यस्तै सवित्री धामीले चार चौकाको मद्दतमा ३६ रन बनाइन् । बलिङतर्फ हङकङकी स्टोर्म पार्करले ३ विकेट लिइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित