यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

काठमाडौँ । सरकारले भिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्नेसम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भिटौरी जग्गा दर्तासम्बन्धी समिति गठन आदेश स्वीकृत गर्नेसहित चार वटा निर्णय गरेको हो। बैठकले विश्व बैंकसँग ‘नेपाल अर्थक्वेक क्याटास्ट्रोफी बन्ड’ सम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णयसमेत गरेको छ।
त्यस्तै, जापानको आईची-नागोयामा भएको २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराँते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय भएको छ।
मन्त्रिपरिषद्ले नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




