Logo
Logo
समाचार

यमनको राजधानी सानामा ग्यास केन्द्र र तेल कम्पनीको भवनमा हवाई आक्रमण

यमनको राजधानी सानामा रहेको ग्यास केन्द्र र सरकारी तेल कम्पनीको भवनमा मंगलबार हवाई आक्रमण भएको छ । हुथी विद्रोहीले उक्त आक्रमण साउदी अरबले गराएको आरोप लगाएका छन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २६ गते १७:०७
४९
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । यमनको राजधानी सानामा रहेको ग्यास केन्द्र र सरकारी तेल कम्पनीको भवनमा मंगलबार हवाई आक्रमण भएको छ । हुथी विद्रोहीले उक्त आक्रमण साउदी अरबले गराएको आरोप लगाएका छन् । 

आक्रमणपछि ग्यास केन्द्रमा आगलागी भएको छ भने आसपासका घर तथा पसलहरूमा समेत आंशिक क्षति पुगेको छ । हुथी विद्रोहीको नियन्त्रणमा रहेको अल–मसिराह टेलिभिजनकाअनुसार सानाको उत्तरी भागस्थित बानी अल–हारिस जिल्लामा रहेको अल–मफजार ग्यास स्टेसनलाई लक्षित गरी आक्रमण गरिएको थियो । 

आक्रमणबाट ग्यास बोकेका केही ट्यांकरमा आगलागी भएको र दमकल तथा नागरिक सुरक्षा टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेको जनाइएको छ । त्यस्तै, सानाको दक्षिणी क्षेत्रमा रहेको यमन पेट्रोलियम कम्पनीको भवनमा पनि लडाकु विमानबाट आक्रमण गरिएको थियो । हुथीको नियन्त्रणमा रहेको उक्त सरकारी कम्पनीले इन्धन वितरण तथा बजारीकरण गर्दै आएको छ ।

 आक्रमणबाट आसपासका घर तथा पसलहरूमा समेत क्षति पुगेको टेलिभिजनले जनाएको छ । स्थानीय बासिन्दालाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले विस्फोटका कारण आसपासका बस्ती हल्लिएको र केही घरमा आंशिक क्षति पुगेको जनाएको छ। आगलागी जारी रहेपछि केही परिवार घर छाडेर सुरक्षित स्थानतर्फ गएका थिए । आक्रमणबाट भएको क्षतिको पूर्ण विवरण सार्वजनिक भएको छैन । 

हालसम्म मानवीय क्षतिको विवरण पनि प्राप्त भएको छैन। साउदी अधिकारीहरूले घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् । हुथी विद्रोही र साउदी अरबबीच तनाव बढिरहेका बेला पछिल्लो आक्रमण भएको हो । हुथीहरूले साउदी अरबका विमानस्थल, तेल पूर्वाधार र सैन्य संरचनालाई लक्षित गरी पटक–पटक क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको दाबी गर्दै आएका छन् । त्यसको जवाफमा साउदी नेतृत्वको गठबन्धनले हुथी नियन्त्रित क्षेत्रमा हवाई आक्रमण तीव्र बनाएको छ ।

 सन् २०१४ को अन्त्यतिर हुथी विद्रोहीले यमनको राजधानी साना र उत्तरी क्षेत्रका अधिकांश भूभाग कब्जा गरेपछि त्यहाँ द्वन्द्व शुरु भएको थियो । त्यसपछि अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको समर्थनमा सन् २०१५ मा साउदी नेतृत्वको गठबन्धन यमन युद्धमा सहभागी भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित