Logo
Logo
समाचार

यात्रु चापले नयाँ बसपार्क क्षेत्रमा टेलिकम नेटवर्कमा समस्या

आज यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले नेपाल टेलिकम र अन्य सेवा प्रदायकलाई क्षमता बढाउन आग्रह गर्दै पत्राचार गर्ने निर्णय गरेको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन २१ गते ००:०४
७
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

२० असोज, काठमाडौं । दसैं यात्राका लागि नयाँ बसपार्क क्षेत्र पुग्ने यात्रुका कारण मोबाइल फोन नेटवर्कमा समस्या देखिएको छ ।

आज यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले नेपाल टेलिकम र अन्य सेवा प्रदायकलाई क्षमता बढाउन आग्रह गर्दै पत्राचार गर्ने निर्णय गरेको छ । यस्तो पत्राचार विभागले गर्ने छ ।

साथै, बैठकले चाडपर्वका बेला रिजर्भमा जाने सवारीसाधन र यात्रु विवरण अभिलेख गर्ने निर्णय समेत गरेको छ । यसका लागि यातायात व्यवस्था विभागबाट नमुना प्रारूप तयार पारी यातायात व्यवसायीलाई उपलब्ध गराउने छ । सोही अनुसार सेवा प्रदायक कम्पनीले विवरण भरेरमात्र रिजर्भमा गाडी लैजान पाउने छन् ।

बैठकले सवारीसाधनको फिटनेस जाँचका लागि नाडा र सिप्रदीलाई अनुरोध गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागका तर्फबाट सवारी परीक्षण कार्यालय टेकुबाट प्राविधिक कर्मचारी खटाइने छ ।

बैठकले काठमाडौं उपत्यकाका प्रमुख नाकामा स्थापित यात्रु सहायता कक्ष अनुगमन तथा सहजीकरणका लागि यातायात व्यवस्था विभागबाट फोकल पर्सन सहित सहजीकरण टोली बनाएर परिचालन गर्ने निर्णय समेत गरेको छ । साथै यातायात व्यवसायीका तर्फबाट समेत सम्पर्क व्यक्ति खटाउने निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित