Logo
Logo
समाचार

विपत्ति र शोकको घडीमा देशलाई एकताबद्ध बनाउन रवि लामिछानेको आह्वान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक ४ गते १४:५३
४१
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्। उनले यस वर्षको दसैँ विपत्ति र शोकको घडीमा मनाउनुपरेको उल्लेख गरेका छन्।

लामिछानेले प्राकृतिक विपत्तिका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन्। उनले भनेका छन्, 'यस वर्षको बडादसैँ हामी विपत्ति र शोकको घडीमा मनाउँदै छौँ। धेरै नागरिकले अमूल्य जीवन गुमाउनुपरेको छ भने हजारौँ परिवार घरबारविहीन र विस्थापित भएका छन्।'

यस कठिन परिस्थितिमा विजयादशमीले नेपाली समाजलाई थप सुदृढ र एकताबद्ध बनाउने विश्वास उनले व्यक्त गरेका छन्। सभापति लामिछानेले सन्देशमा उल्लेख गरेका छन्, 'नवदुर्गा भवानीले हामी सबैलाई आफ्ना व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, राष्ट्र र जनताको सर्वोपरि हितमा नि:स्वार्थ भावले समर्पित हुने शक्ति, सद्बुद्धि र जस्तोसुकै संकटसँग जुध्ने अदम्य साहस प्रदान गरून्।'

असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने यस पर्वले निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न सबैलाई ऊर्जा दिने उनले कामना गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित