Logo
Logo
पर्यटन

विपद्का बीच सरकारको सन्देश : ‘नेपाल बन्द छैन, भ्रमणका लागि खुला छ’

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ १७ गते ११:०६
५
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । प्राकृतिक विपद्का कारण केही क्षेत्रमा जनजीवन, व्यवसाय तथा रोजगारी प्रभावित भए पनि नेपालका अधिकांश भूभागमा अवस्था सामान्य रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। मन्त्रालयले विश्व समुदाय तथा अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रलाई नेपाल भ्रमणका लागि खुला रहेको सन्देश दिएको छ।

मन्त्रालयका अनुसार अधिकांश स्थानमा जनजीवन नियमित बन्दै गएको छ भने सुरक्षित गन्तव्यहरूमा आन्तरिक तथा बाह्य पर्यटकका लागि भ्रमण गतिविधि सञ्चालन भइरहेका छन्।

पर्यटकलाई आवश्यक सूचना, सुरक्षा तथा सहजीकरण उपलब्ध गराउन मन्त्रालयमा क्विक रेस्पोन्स टिम तथा नेपाल पर्यटन बोर्डमा पर्यटक सूचना डेस्क सञ्चालनमा ल्याइएको छ।

सरकारले सुरक्षित गन्तव्यमा भ्रमण गर्न पर्यटक तथा अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दै पर्यटन गतिविधिले विपद्बाट प्रभावित स्थानीय रोजगारी, व्यवसाय र जीविकोपार्जनलाई सहयोग पुग्ने जनाएको छ।

सरकारले विपद्को कठिन समयमा नेपालसँग ऐक्यबद्धता जनाउँदै सुरक्षित र खुला रहेका गन्तव्यमा भ्रमण गर्न पर्यटक तथा अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ।

मन्त्रालयले भनेको छ, ‘यो नेपालसँग उभिने समय हो, नेपाल भ्रमण गर्ने समय हो। नेपालले तपाईंलाई बोलाइरहेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

कास्की क्षेत्र नं १ः बदलिरहन्छ परिणाम, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा

कास्की क्षेत्र नं १ः बदलिरहन्छ परिणाम, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

वर्षापछि खुलेको हिमश्रृङ्खला

वर्षापछि खुलेको हिमश्रृङ्खला

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक(तालिकासहित)

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक(तालिकासहित)

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित