Logo
Logo
समाचार

विदुरमा डीएनए नमुना संकलन केन्द्र सञ्चालन, काठमाडौं जानुपर्ने बाध्यता हट्यो

डीएनएको नमुना दिन काठमाडौँ जानुपर्ने बाध्यतालाई सरल बनाउन नेपाल प्रहरी अस्पताल महाराजगञ्जले विदुरमा सङ्कलन केन्द्र सञ्चालनमा

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २० गते १६:३८
४
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

त्रिशूली (नुवाकोट) — भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले डिअक्सिराइबोन्युक्लिक एसिड (डीएनए) परीक्षणको नमुना लिन नुवाकोटमा सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको छ । 

यसअघि नमुना दिन पीडित परिवारका सदस्य रसुवा र नुवाकोटबाट काठमाडौँ जानुपर्ने बाध्यता रहेकामा बाढीप्रभावित क्षेत्रका पीडित परिवारलाई सहज बनाउन विदुरमा नमुना सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डा दामोदर पौडेलले जानकारी दिए । उनका अनुसार बाढी परेर दिवङ्गत भई फेला परेका शवको पहिचानमा समस्या भएकाले हराइरहेका व्यक्तिको परिवारका सदस्यसँग नमुना लिएर परीक्षणपश्चात् पहिचानमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

'भोटेकोशीमा आएको बाढीमा परेर नुवाकोट र रसुवाका धेरै व्यक्ति हराएका भनेर निवेदन प्राप्त भएसँगै भेट्टिएका शवको पहिचानका लागि डीएनए परीक्षण गराउन परिवारका सदस्यसँग नमुना सङ्कलन थालिएको छ', प्रहरी नायब महानिरीक्षक डा पौडेलले भने, 'डीएनएको नमुना दिन काठमाडौँ जानुपर्ने बाध्यतालाई सरल बनाउन नेपाल प्रहरी अस्पताल महाराजगञ्जले विदुरमा सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको हो ।'

उनका अनुसार डीएनए परीक्षणका लागि बुवाआमा, दाजुभाइ, दिदीबहिनी तथा छोराछोरीमध्ये जोकोही एक जनासँग नमुना सङ्कलन गरिएको छ । भेट्टिएका शवको डीएनएसँग तुलना गर्न सबैभन्दा नजिकका रगतसम्बन्धी आफन्तको नमुना बढी उपयोगी हुने भएकाले विशेषगरी बुबा, आमा, छोरा वा छोरीसँग नमुना लिनका लागि उनले आग्रह गरे । यो सम्भव नभएको अवस्थामा भने नजिकका रगतसम्बन्धी आफन्तबाट पहिचान गर्न सकिने डा पौडेलले जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित