Logo
Logo
समाचार

वर्तमान सरकार ‘छापा-मार’ जस्तो देखियो, मिडिया विरोधी कदम धेरै टिक्दैन : ओली

मैले देख्दा त अहिलेको सरकार ‘छापा-मार’ सरकार जस्तो देखिन्छ । ‘छापामार’ एकै ठाउँमा होइन- छापा, मार् सरकार । त्यसो भएपछि सञ्चारमाध्यमलाई अप्ठ्यारो त हुने नै भयो,’ ओलीले भने । सञ्चार जगतले लोककल्याणकारी विज्ञापन कटौती, बजारको मन्दी र सरकारी बेवास्ताका कारण भोग्नुपरेको संकटबारे ध्यानाकर्षण गराएपछि ओलीले लोकतन्त्र र प्रेस स्वतन्त्रता एकअर्काका पूरक भएको बताए ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २८ गते १९:२७
१०
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार छापा माध्यमलाई सिध्याउने गरी प्रस्तुत भएको आरोप लगाएका छन् ।

नेपाल पत्रकार महासंघ र छापा सञ्चारमाध्यम बचाउ अभियानका प्रतिनिधिहरूबाट ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष ओलीले सरकारलाई ‘छापा-मार’ को संज्ञा दिए ।

‘मैले देख्दा त अहिलेको सरकार ‘छापा-मार’ सरकार जस्तो देखिन्छ । ‘छापामार’ एकै ठाउँमा होइन- छापा, मार् सरकार । त्यसो भएपछि सञ्चारमाध्यमलाई अप्ठ्यारो त हुने नै भयो,’ ओलीले भने ।

सञ्चार जगतले लोककल्याणकारी विज्ञापन कटौती, बजारको मन्दी र सरकारी बेवास्ताका कारण भोग्नुपरेको संकटबारे ध्यानाकर्षण गराएपछि ओलीले लोकतन्त्र र प्रेस स्वतन्त्रता एकअर्काका पूरक भएको बताए । उनले मिडियामाथिको प्रहार समग्र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भएको उल्लेख गर्दै यस्ता प्रतिगामी कदम लामो समय नटिक्ने बताए ।

इतिहास सुनाउँदै अध्यक्ष ओलीले भने, ‘१०४ वर्ष टिकेको राणा शासन ढल्यो, ३० वर्षको पञ्चायत सकियो, ज्ञानेन्द्रले २०६१ मा गरेको ‘कु’ ६३ सम्म पुग्दा अन्त्य भयो । त्यसैले अहिलेका संकीर्ण र स्वतन्त्रताविरोधी कदमहरू पनि धेरै लामो समय टिक्न सक्दैनन् ।’

आन्दोलनरत पत्रकारहरूलाई हरेस नखान आग्रह गर्दै उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कवितांश स्मरण गराए- नलडी कोही हुन्न विजेता । उनले थपे, ‘तपाईँहरूले सम्झौता गर्नुभयो वा पछि हट्नुभयो भने अधिकार पाइँदैन । त्यसैले आफ्नो आवाजलाई निरन्तरता दिनुहोस् ।’

आफ्नो पार्टी र आफू व्यक्तिगत रूपमा पनि दशकौँदेखि अभिव्यक्ति स्वतन्त्रताको लडाइँ लड्दै आएको बताउँदै ओलीले छापा माध्यमको रक्षाका लागि एमालेको पूर्ण समर्थन रहेको स्पष्ट पारे । उनले छापा माध्यम ऐतिहासिक र तथ्यपूर्ण दस्ताबेज भएकाले डिजिटल युगमा पनि यसको महत्त्व कहिल्यै नघट्ने बताए ।

कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, पार्टीका प्रमुख सचेतक तथा सांसदहरूको समेत उपस्थिति रहेको थियो। अध्यक्ष ओलीले संसद् बैठक सुरु हुनेबित्तिकै सञ्चार जगतका यी समस्या र लोककल्याणकारी विज्ञापनको विषयलाई पार्टीका तर्फबाट जोडदार रूपमा उठाउने प्रतिबद्धतासमेत व्यक्त गरे।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित