Logo
Logo
समाज

वर्षायाममा सहज बन्न सकेन बेँसी सहर-चामे सडक

त
तिलिचो न्यूज
२०८३ साउन ३१ गते १३:१५
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

मनाङ । डुम्रे–बेँसी सहर–चामे सडकको ट्रयाक खोलिएको करिब तीन दशक बढी भयो । यस सडकको लमजुङतर्फको सडक अझैसम्म पनि सहज बनाउन सकिएको छैन । डुम्रे–बेँसी सहर–चामे सडक आयोजनाले निर्माण तथा मर्मतको काम गर्दै आएको भए पनि अपेक्षाकृत काम भने हुन सकेको छैन ।

सडक आयोजनाले मात्रै काम गर्दा पुरा नहुँदा स्थानीयवासीको साथै पर्यटकीय क्षेत्र मनाङ पुग्न सास्ती भोग्नुपर्ने बाध्यता रहेको छ । हिउँदयाममा कच्ची सडकमा सहज यात्रा गर्न सकिन्छ भने वर्षायाममा सकस हुने गरेको छ । वर्षायाममा मनाङको मेरुदण्ड (लाइफलाइन) तथा एक मात्र स्थल मार्गको रूपमा रहेको सडक जोखिम भए पनि सहज यात्रा गर्न सकिने अवस्था नरहेको स्थानीय फुर्पा लामाले बताए ।

“सधैँ ठाडो खोला तथा खहरे खोला बढेर आउँदा मनाङ आवतजावत गर्न मुस्किल हुन्छ”, लामाले भने, “मनाङतर्फ भन्दा पनि लमजुङतर्फको सडक बढी अवरुद्ध हुने समस्या छ । लमजुङका खहरे खोलाले यात्रालाई सकस बनाउने गरेको छ ।”

रैदु खोला, श्रीचौरमा खहरे खोला बढेर आउँदा वारपार गर्न सक्ने अवस्था नै नभएको उनले बताए । “बिरामी भए अस्पताल पुग्न समस्या हुन्छ । यस्तो कहिलेसम्म सास्ती भोग्नुपर्ने खै रु” लामाले भने, “केही ठाउँमा अपर मर्स्याङ्दी जलविद्युत् आयोजनाले खोलामा ह्युमपाइप राखेर सजिलो बनाएको छ ।” बाढी, पहिराले मनाङ यात्रालाई सकस बनाउँदै आएको छ ।

बेँसी सहर–चामे सडक खण्डअन्तर्गत लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ रैदु खोलामा बाढी आउँदा शनिबार करिब आठ घण्टा यातायात अवरुद्ध भएको थियो । आवतजावत अवरुद्ध भएपछि आयोजनाले ह्युमपाइप राखेर सडक सञ्चालनमा ल्याएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

“वर्षा निरन्तर भइरहेको अवस्था छ । अझै पनि ती क्षेत्रमा जोखिम छ”, सूचना अधिकारी पौडेलले भने, “दीर्घकालका लागि नभए पनि केही समय आवतजावतमा सहज भएको जानकारी पाएका छौँ । यात्रा गर्दा भने सडकका बारेमा जानकारी लिएर मात्र गर्न सम्पूर्णमा अनुरोध गर्दछौँ ।”

शुक्रबार राति परेको वर्षाका कारण बाटो अवरुद्ध भएको थियो । श्रीचौरमा ठूलो पहिरोले बाटो अवरुद्ध हुँदा मनाङ आउने र बेँसी सहर जाने यात्रुले सास्ती भोग्नुपरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक(तालिकासहित)

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक(तालिकासहित)

प्रतिनिधि सभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट

प्रतिनिधि सभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट

६ दलले पाए राष्ट्रिय दलको मान्यता

६ दलले पाए राष्ट्रिय दलको मान्यता

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित