Logo
Logo
समाचार

उद्योग मन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २५ गते १८:१५
१०
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।

मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग समितिको बैठकमा ग्यास उद्योगीहरूलाई लक्षित गर्दै उनले दिएको ‘पाता फर्काउनुपर्ने’ अभिव्यक्ति विवादमा परेको थियो।

उक्त अभिव्यक्तिप्रति ग्यास उद्योगीहरूले आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए। उद्योगीहरूले प्रधानमन्त्रीसमक्ष समेत मन्त्रीको अभिव्यक्तिबारे गुनासो राखेका थिए।

ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका विषयमा संसदीय समितिको बैठकमा भएको छलफलका क्रममा मन्त्री यादवको उक्त अभिव्यक्ति सार्वजनिक भएको थियो।

अभिव्यक्तिलाई लिएर निजी क्षेत्रबाट आलोचना भइरहेका बेला मन्त्री यादवले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित