Logo
Logo
समाचार

उद्यमशीलतामा लाग्न युवालाई एमाले अध्यक्ष ओलीको सुझाव

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशीलतामा लाग्न सुझाव दिएका छन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर ५ गते २३:१७
४१
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशीलतामा लाग्न सुझाव दिएका छन् । 

नेशनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा उनले युवाहरूलाई रोजगारी खोजेर भौँतारिनुभन्दा आफैँ रोजगारी सिर्जना गर्ने उद्यमशीलतामा लाग्न आग्रह गरेका हुन् । नेशनल भोलेन्टियर फोर्सले देशको रक्षा, उन्नति र प्रगतिका साथै आर्थिक विकास तथा उद्यमशीलता प्रवर्द्धनमा समेत भूमिका खेल्नुपर्ने उनले बताए । युवाहरूले कृषि, सूचना प्रविधि (आइटी), साना उद्योग तथा व्यावसायिक क्षेत्रमा नयाँ अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ छ । 

राजनीतिमा लागेपछि निकम्मा भइन्छ भन्ने भाष्यलाई तोड्दै राजनीति र उद्यमशीलतालाई सँगसँगै अघि बढाउन उनले युवाहरूलाई आग्रह गरे । युवाहरूले आफ्नै कफी सप, बेकरी, टेलरिङ हाउस, फार्मेसीलगायतका व्यवसाय सञ्चालन गर्न सक्ने उनको भनाइ छ । विदेशी वा स्थापित ब्रान्डको नाममा निर्भर हुनुभन्दा आफ्नै ब्रान्ड विकास गर्नुपर्नेमा पनि उनले जोड दिए ।

उनले भने, ‘देशको रक्षा, देशको उन्नति, देशको प्रगति साथै आफूलाई उद्यमशीलताको बाटोबाट उद्यमीको रूपमा विकास गर्ने र देशको अर्थतन्त्रलाई अगाडि बढाउने काममा पनि भोलेन्टियर फोर्सले काम गर्नुपर्छ, त्यस दिशामा पनि ध्यान दिनुपर्छ । जीविकाको क्षेत्रमा पनि काम गर्नुपर्छ, व्यावसायिक क्षेत्रमा पनि । हरेक युवालाई म आग्रह गर्न चाहन्छु, धेरै जागिर खोजेर भौँतारिने होइन, रोजगारीका अवसरहरू आफैँ सिर्जना गर्नुहोस् । हामी सरकारमा हुँदा बिना धरौटी २५ लाखसम्म युवाहरूलाई दिने गरेका छौँ । त्यसमा राम्रा सही खालका कार्यपत्रहरू तयार गर्नुहोस् । महिला दिदीबहिनीहरूलाई छुट्टै पनि हामीले १५ लाखसम्म दिने गरेका हौँ, अत्यन्त न्यून ब्याजदरमा । त्यसलाई पनि सदुपयोग गर्नुहोस् । युवा स्वरोजगार कार्यक्रमहरू हामीले अगाडि सारेका हौँ । ती कुराहरूलाई अगाडि सार्नुहोस् । राजनीतिमा लाग्दा निकम्मा हुन्छ भन्ने परिभाषालाई तपाईँहरूले तोड्नुहोस् । राजनीतिमा लाग्दा निकम्मा हुने होइन, राजनीतिमा लागेर आफूलाई पनि रोजगारी हुने अरूलाई पनि रोजगारी सिर्जना हुने उद्यमशीलता हो । आजको आधुनिक प्रविधिको विकास गरेर कृषिलाई पनि अगाडि बढाउनुस्, आइटीलाई पनि अगाडि बढाउनुस्, साना उद्योगहरूलाई अगाडि बढाउनुस्, आफ्नै कफी हाउस खोल्नुस् । ३० लाख तिरेर जाभा कफी भन्नेको साइनबोर्ड टाँगिरहनु पर्दैन । राम्रो कफी बनाउन सिक्नुस् र आफ्नै जाभा भन्दा अलिक बढा लोकप्रिय हुने गरीको जाभाको दाई, जाभाको दिदी कफी सप चाहिँ खोल्नुस् । युवाहरूको कफी सप । युवाहरूको कफी सप किन नहुने ? युवा बेकरी किन नहुने ? युवा टेलरिङ हाउस किन नहुने ? अरु विभिन्न प्रकारका युवा फार्मेसी किन नहुने ? त्यससँग सम्बन्धित साथीहरूले, त्यससँग सम्बन्धित अध्ययन गरेका साथीहरूले त्यता गर्नुहोस् । अरु विभिन्न प्रकारका उद्यमशीलताहरूको विकास गर्नुहोस्, म साथीहरूलाई सुझाव दिन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित