Logo
Logo
समाचार

ट्रम्प प्रशासनलाई झट्का, ७५ देशको आप्रवासी भिसा रोक्ने निर्णय गैरकानुनी ठहर

त
तिलिचो न्यूज
२०८३ भदौ ७ गते १३:४४
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ७५ देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने निर्णयलाई अमेरिकी अदालतले गैरकानुनी ठहर गर्दै खारेज गरेको छ।

म्यानहट्टनस्थित दक्षिणी जिल्ला अदालतकी न्यायाधीश जेनेट वर्गासले फैसला सुनाउँदै उक्त नीति विदेशमन्त्री मार्को रुबियोको कानुनी अधिकारभन्दा बाहिर रहेको बताएकी हुन्।

वर्गासले ट्रम्प प्रशासनको उक्त नीति ‘स्पष्ट रूपमा गैरकानुनी’ रहेको र संघीय आप्रवासन कानुनसँग प्रत्यक्ष रूपमा बाझिएको उल्लेख गरेकी छन्। उनका अनुसार आवेदकको राष्ट्रियताका आधारमा आप्रवासी भिसा पूर्ण रूपमा रोक्ने अधिकार विदेशमन्त्रीलाई कानुनले दिएको छैन।

जनवरीदेखि लागू भएको उक्त नीतिबाट ब्राजिल, कोलम्बिया, उरुग्वे, बोस्निया, अल्बानिया, पाकिस्तान र बंगलादेशसहित अफ्रिका, मध्यपूर्व तथा क्यारिबियन क्षेत्रका थुप्रै देश प्रभावित भएका थिए।

अमेरिकी विदेश मन्त्रालयले ती देशका आवेदकहरू अमेरिकामा सार्वजनिक स्रोतसाधनमा निर्भर हुने उच्च जोखिममा रहेको दाबी गर्दै भिसा रोक्ने निर्णय गरेको थियो।

आप्रवासी अधिकारवादी संस्थाहरूले दायर गरेको मुद्दामा अदालतले यस्तो फैसला सुनाएको हो। मुद्दामा प्रभावित देशका आप्रवासी भिसा आवेदक र उनीहरूका परिवारलाई अमेरिका ल्याउन प्रायोजन गर्ने अमेरिकी नागरिकसमेत सहभागी थिए।

ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षा मजबुत बनाउने भन्दै आप्रवासन नियन्त्रणका लागि पछिल्लो समय विभिन्न कडा नीति अघि बढाउँदै आएको छ। यसअघि ३९ देशलाई समेट्ने यात्रा प्रतिबन्ध लागू गर्नुका साथै डाइभर्सिटी भिसा कार्यक्रमसमेत रोकिएको थियो।

अधिकारवादी समूहहरूले भने प्रशासनका यस्ता कदमले अभिव्यक्ति स्वतन्त्रता तथा उचित कानुनी प्रक्रियाको अधिकार प्रभावित गरेको आरोप लगाउँदै आएका छन्। अदालतको पछिल्लो फैसलाबारे अमेरिकी विदेश मन्त्रालयले भने तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित