समाचार
तिहारको मुखैमा मामाघर घर पुगेका ६ वर्षीय बालकको डुबेर मृत्यु
नदीमा डुबेर अचेत भएका बालक किशनलाई लमही अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
त
तिलिचो न्यूज संवाददाता२०८३ कार्तिक २४ गते २३:४८
५
0
CommentsShares

रुपन्देही । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका ६ गोलौरा निवासी खडक सिंह डाँगीका ६ वर्षीय छोरा किशन डाँगीको नदीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका९७ हाटबासस्थित मामाको घरमा आएका बेला उनी राप्ती नदीमा नुहाउन गएका थिए।
नदीमा डुबेर अचेत भएका बालक किशनलाई लमही अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।उनको शव हाल लमही अस्पतालमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




